आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग : मन्त्री बडू « Khabarhub

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग : मन्त्री बडू


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग रहेको बताएका छन् । उद्योग वाणिज्य सङ्घ सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको छैटौँ सिन्धुली महोत्सवको आज उद्घाटन गर्दै उनले मुलुकको अस्वस्थ अर्थतन्त्र सुधारका लागि  सरकारले विशेष योजना अघि सारेको बताए।

उनले उद्योगहरूको उत्पादन बढाउनका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए। आर्थिक नीति र मौद्रिक नीतिमा सुधारका लागि क्षमता अनुसार काम गर्ने उनको भनाइ छ । चालु आवको बजेटमार्फत् राष्ट्रिय उत्पादन र उपभोग बढाउने नीति लिइएको र सोही अन्तर्गत नेपाली उत्पादन र उपभोग कार्यक्रम १० वर्षे अभियान सुरु भएको उनले जानकारी दिए । उनले यस वर्ष ३० वटा औद्योगिक ग्राम स्थापना हुने बताए ।

ग्रामीण तहदेखि नै उद्योग स्थापना, रोजगारी सिर्जना गरी युवालाई उद्यमशीलतामा नजोड्ने हो भने अर्थतन्त्रमा सुधार आउन नसक्ने उनको भनाइ छ । ‘हातमा सीप हुनेहरुलाई उद्यमशिलताका पाँच लाखदेखि २५ लाखसम्म विउ पुँजी दिइनेछ’, उनले भने, ‘युवा र महिलालाई उद्यम सुरु गर्नका लागि सरकारले बिउ पुँजी दिने गरी विषेश कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ’, उनले भने।  उद्यमशीलता र उद्योगको स्थापना सरकारको मुख्य लक्ष्य रहेको उनको भनाइ छ । उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको भन्दै यसका लागि सरकारले आवश्यक पहल गर्ने बताए। 

जिल्लामा आयोजना हुने महोत्सवले यहाँको उत्पादनको प्रचार र बजारीकरणका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । महोत्सवबाट हुने आम्दानीले दमकल खरिद गर्ने योजनाको स्वागत गर्दै संघीय सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । 

‘कृषि उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिवृद्धि गरौँ, समृद्धि र सम्मुनत सिन्धुली निर्माणका लागि अघि बढौँ’ नाराका साथ सुरु भएको महोत्सव पुस १८ सम्म सञ्चालन हुनेछ  । महोत्सव उद्घाटनमा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल, श्याम घिमिरे, प्रदेशसभा सदस्य छेत्रबहादुर बम्जनले महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ४ : ३८ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५