१० वर्षसम्म फर्कन नपाउनेगरी चार्ल्स शोभराज 'डिपोर्ट' | Khabarhub Khabarhub

१० वर्षसम्म फर्कन नपाउनेगरी चार्ल्स शोभराज ‘डिपोर्ट’


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुख्यात अपराधी चार्ल्स शोभराजलाई १० वर्षसम्म फर्कन नपाउनेगरी ‘डिपोर्ट’ गरिएको छ । सर्वोच्च अदालतको फैसलासँगै जेलमुक्त भएका उनलाई शुक्रबार फ्रान्स फिर्ता पठाइएको हो ।

काठमडौँस्थित त्रिभुवन विमानस्थलबाट बेलुकी साढे ६ बजेको फ्लाइटमार्फत् उनलाई फ्रान्स डिपोर्ट गरिएको हो । नेपाल सरकारले ट्राभल डकुमेन्ट बनाएर उनलाई डिपोर्ट गरेको हो ।

केन्द्रीय कारागारबाट छुटेपछि उनलाई शुक्रबार नै अध्यागमन विभागको जिम्मा लगाइएको थियो ।

दुई विदेशी नागरिकको हत्यामा संलग्न भएको अभियोगमा दोषी ठहर भएर उनी विगत १९ वर्षभन्दा लामो समयदेखि कारागारमा कैद भुक्तान गरिरहेका थिए ।

उनलाई बुधबार सर्वोच्च अदालतले रिहा गरी १० वर्षसम्म फर्कन नपाउनेगरी स्वदेश फर्काउन आदेश दिएको थियो ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ७ : ०३ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको