‘छत्रबहादुरको कार्यकुशलता भावी पुस्ताले अनुशरण गर्नुपर्छ’  « Khabarhub

‘छत्रबहादुरको कार्यकुशलता भावी पुस्ताले अनुशरण गर्नुपर्छ’ 


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनामा लामो समय क्रियाशील भई रथीको जिम्मेवारीबाट सेवा निवृत्त छत्रबहादुर थापाको कार्यकुशलता भावी पुस्ताले अनुशरण गर्नुपर्ने बताएका छन् ।

छत्रबहादुर थापा स्मृति ट्रष्टले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले  सामाजिक सेवा, राष्ट्र निर्माणमा पुर्‍याएको योगदान, सैनिक सेवामा रहँदा दोस्रो विश्व युद्धकालमा देखाएको साहसता एवं कार्यकुशलतालाई भुल्न नहुने बताए ।

कार्यक्रममा प्रधानसेनापति शर्माले भने, ‘राष्ट्र निर्माण र समाजसेवामा पुर्‍याएको योगदानलाई चिरस्थायी राख्न ट्रष्टको ठूलो भूमिका छ, राष्ट्रप्रति अमूल्य योगदानको कदर हुनुका साथै ट्रष्टबाट आयोजित सम्मानबाट सबैलाई हौसला प्रदान गर्नेमा दुई मत छैन ।’

कार्यक्रममा, थापाको योगदानको उचित संस्मरण गराउँदै नेपाली सेनामा रहेर गर्नुभएका असल काम, समाज सेवा, देशविदेशमा नेपालको प्रतिष्ठा र समग्र राष्ट्र निर्माणमा पुर्‍याएको योगदानलाई चिरस्थायी राख्ने उद्देश्यस्वरुप ‘छत्रबहादुर थापा स्मृति ट्रष्ट’को स्थापना गरिएको पूर्वउपप्रधानमन्त्री कमल थापाले जानकारी दिए।

ट्रष्टका अध्यक्ष अध्यक्ष नेत्रबहादुर थापाले छत्रबहादुरले सैनिक सेवामा रहँदा दोस्रो विश्व युद्धमा सहभागिता जनाएर देखाएको साहस, कान्तिराजमार्गमा पुर्‍याएको योगदान, मुलुकमा पहिलो पटक सेनामा भक्तपुरमा ब्यारेकको अवधारणालगायतका योगदानको स्मरण गरे । 

सोही कार्यक्रममा फुटबल खेलको माध्यमबाट राष्ट्रिय खेलकुदमा पुर्‍याएको योगदान स्वरुप अञ्जन विष्ट र भारत्तोलन खेलको माध्यमबाट नेपालको राष्ट्रिय प्रतिष्ठा कायम गर्न सफल कमल अधिकारीलाई ५० हजार नगदसहित सम्मान गरिएको थियो । 

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ७ : ०० बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत