अध्यक्ष लिङ्देनले गरे १५ शय्याको अस्पताल उद्घाटन « Khabarhub

अध्यक्ष लिङ्देनले गरे १५ शय्याको अस्पताल उद्घाटन


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बनियानी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको हल्दिबारीमा निर्माण भएको १५ शय्याको ‘हल्दिबारी आधारभूत अस्पताल’ को उद्घाटन गरेका छन् । हल्दिबारी गाउँपालिकाको हाताभित्र सञ्चालनमा आएको अस्पतालबाट बहिरङ्ग सेवासहित १५ प्रकारका सेवा उपलब्ध हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए।

अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम, आकस्मिक स्वास्थ्य सेवा, प्रयोगशाला, फार्मेसी, इसीजी, एकीकृत बालरोग तथा नवजात शिशु व्यवस्थापन, सुरक्षित मातृत्व, परिवार नियोजनलगायतका सेवा प्राप्त हुने प्रमुख निरौलाले बताएका छन् ।

स्वास्थ्य सेवा प्राप्त गर्न गाउँपालिकाबासी अन्यत्र धाउनुपर्ने अवस्था अन्त्य गर्न आधारभूत अस्पताल सञ्चालन ल्याइएको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले बताए । ‘सामान्य उपचारका लागि पनि अन्यत्रै धानउनुपर्ने अवस्था अन्त्य भएको छ,’ उनले भने , ‘त्यसमा पनि स्वास्थ्य सेवा अत्यन्तै महङ्गो र सर्वसाधारणको पहुँचभन्दा बाहिर गइरहेकाले सोको अन्त्यका लागि अस्पताल सञ्चालनमा ल्याएका हौँ ।’

स्वास्थ्य बीमा कार्यक्रमको प्रथम बिन्दुका रुपमा अस्पताल सञ्चालनमा आएको उनले बताए । अस्पतालमा एक जना मेडिकल अधिकृतसहित नौ जना जनशक्ति रहेको छ । हल्दिबारीमा तीन वटा स्वास्थ्य चौकी र दुई वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त बजेटअनुरुप हल्दिबारी-१ अस्पतालको भवन निर्माण भइरहेको छ । ३३ हजार गाउँपालिकाबासीको स्वास्थ्य सेवामा पहुँच स्थापित गर्न १८ करोडको लागतमा निर्माणाधीन अस्पताल भवनको करिब २५ प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको छ । 

सोही अस्पताल अन्तरगत अस्थायीरुपमा हल्दिबारी गाउँपालिकाको स्रोत साधन प्रयोग गरी हल्दिबारी-५ स्थित हल्दिबारी गाउँपालिकको हाताभित्र ‘हल्दिबारी आधारभूत अस्पताल’ सञ्चालनमा आएको हो ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ७ : १२ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका