लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश | Khabarhub Khabarhub

लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बर्दिया क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्रबाट निर्वाचित लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। सो पार्टीका संरक्षक रेशम चौधरीका बुबासमेत रहेका चौधरी औपचारिकरूपमा पार्टी प्रवेश गरेका हुन्। 

मंसिर ४ गतेको निर्वाचनमा उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए। रेशम चौधरीको उम्मेदवारी खारेज हुने सम्भावना भएपछि पार्टीले ‘ब्याकअप’ उम्मेदवारको रूपमा लालवीर चौधरीलाई उम्मेदवार बनाएको थियो। 

यससँगै नागरिक उन्मुक्ति पार्टीको संसद्मा चार सिट हुने भएको छ। नागरिक उन्मुक्तिले कैलालीको क्षेत्र नं १,२ र ३ मा विजयी भएको थियो।  

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ७ : २५ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको