जुरी मेन्सन आइसिटी अवार्ड दिक्षान्त पाण्डेलाई « Khabarhub

जुरी मेन्सन आइसिटी अवार्ड दिक्षान्त पाण्डेलाई


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जुरी मेन्सन आइसिटी अवार्ड २०२२ दिक्षान्त पाण्डेलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनालेमा पाण्डेलाई जुरी मेन्सन आइसिटी अवार्ड प्रदान गरिएको हो ।

कोरोना महामारीमा पनि उनले विभिन्न नवप्रवर्तनमा काम गरेका थिए । सानै उमेरमा सूचना प्रविधि क्षेत्रमा उत्कृष्ट काम गर्दै आएका उनलाई सम्मान र प्रोत्साहन स्वरूप जुरी मेन्सन आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।

काठमाडौंको भ्याली भ्यू स्कुलमा पढ्दै आएका १५ वर्षीय दिक्षान्त पाण्डे वेब डेभलपर हुन् । उनले बोलेरै नियन्त्रण गर्न सकिने गरी पाइथन भ्वाइस असिस्टेन्ट बनाएका छन् । जुन यसअघि आइसिटी अवार्डको राइजिङ स्टार विधा अन्तर्गत उत्कृष्ट १२ मा पर्न सफल भएको थियो ।

यसबाट इमेल पठाउने, संगीत बजाउने, कम्प्युटर खोल्ने, बन्द गर्ने, मौसम जाँच गर्नेलगायतका काम गर्न सकिन्छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ८ : २८ बजे

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई