बालुवाटार बैठकमा जुटेन सहमति, शनिबार पुनः छलफल गर्ने « Khabarhub

बालुवाटार बैठकमा जुटेन सहमति, शनिबार पुनः छलफल गर्ने


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नयाँ सरकार गठनका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच शनिबार बिहान पुनः छलफल हुने भएको छ । शुक्रबार साँझ बालुवाटारमा बसेको बैठकमा सहमति नजुटेपछि भोलि बिहान पुनः छलफल हुने भएकाे हो ।

आजको बैठकमा दुवै नेता आ–आफ्नो अडान नछाड्दा निष्कर्षविहीन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । तर छलफल सकारात्मक भएको उनको भनाइ छ । सत्तागठबन्धनमा कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् । सरकार आलोपालो चलाउने सहमति लगभग भएपनि कस्ले पहिला सरकारको नेतृत्व गर्ने भन्ने विषयमा कुरा मिल्न बाँकी छ ।

 

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ८ : ४१ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा