गण्डकी प्रदेशस्तरीय भलिबल : सेमिफाइनल समीकरणा पूरा « Khabarhub

गण्डकी प्रदेशस्तरीय भलिबल : सेमिफाइनल समीकरणा पूरा


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र बागलुङ सेमिफाइनलमा प्रवेश गरेका छन् । गण्डकी प्रदेश भलिबल सङ्घको आयोजनामा यही पुस ६ गतेदेखि जारी प्रतियोगितामा सहभागी नौ जिल्लामध्ये समूह ‘क’ बाट स्याङ्जा कूल आठ अङ्कसहित समूह विजेता बनेर अन्तिम चारमा स्थान बनाएको छ ।

सोही समूहबाट उपविजेता बन्दै कास्कीले छ अङ्कसहित अन्तिम चारमा स्थान बनायो । प्रतियोगितामा स्याङ्जाले कास्की, गोरखा र तनहुँलाई पराजित गरेको हो ।

यसैगरी समूह ‘ख’ तर्फ बागलुङ र नवलपुर एक खेल खेल्न बाँकी हुँदा नै सेमिफाइनल पुगेका छन् । बागलुङ र नवलपुरबीच लिगतर्फ अझै एक खेल खेल्न बाँकी छ । बागलुङले लिगतर्फको खेलमा म्याग्दी, पर्वत र लमजुङलाई पराजित गर्दै नौ अङ्कका साथ समूहको शीर्ष स्थानमा छ । नवलपुरले म्याग्दी, पर्वत र लमजुङलाई पराजित गर्दै आठ अङ्कका साथ समूहको द्वितीय स्थानमा रहेको छ ।

प्रतियोगितामा उपाधि विजेताले नगद रु दुई लाख, उपविजेताले नगद रु एक लाख, तृतीय हुने टोली रु ५० हजार र चौथो हुने टोलीले रु २५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गर्ने प्रदेश भलिबल सङ्घका महासचिव टहलसिंह थापा मगरले जानकारी दिए । यसैगरी प्रतियोगितामा सर्वोत्कृष्ट हुने एकजना खेलाडीले नगद रु २० हजारका साथमा ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट सेटर, उत्कृष्ट लिव्रो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद रु १०/१० हजार प्रदान गरिनेछ ।

नेपाल भलिबल सङ्घ र कास्की जिल्ला भलिबल सङ्घको व्यवस्थापन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वयमा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताको बचत रकमबाट महिला भलिबल खेलाडी तयार गर्न एकेडेमी सञ्चालन गर्ने लक्ष्य राखिएको छ । प्रतियोगितामा हिमाल पारिका जिल्ला मनाङ र मुस्ताङबाहेक गण्डकीका नौ जिल्लाको सहभागिता छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ९ : १५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी