सुन्तलाको मौसमसँगै सुन्तलाबारी होमस्टेमा बढ्याे भीडभाड « Khabarhub

सुन्तलाको मौसमसँगै सुन्तलाबारी होमस्टेमा बढ्याे भीडभाड


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

वालिङ – यतिबेला बोटमा सुन्तला लटरम्म फलेका छन् । विगतका वर्षभन्दा यसवर्ष सुन्तला धेरै फलेकाले पनि बोट झुकेका छन् । दाना धेरै फलेकाले बोट तथा हाँगालाई आड दिन बोटमा टेका लगाइएका छन् । अग्लो डाँडाको काखमा अवस्थित गुरुङ समुदायको बसोबास रहेको पर्यटकीय गाउँ सुन्तलाबारी । सुन्तलाका बगैँचा, बगैँचाभित्र सफा र चिटिक्क परेका माटोका घर ।

अन्यबेला सुन्तलाका बोटको हरियाली हुने र यो मौसममा सुन्तला बोटमा पाकेर पहेँलपुर छ । हेर्दै आकर्षक, मनमोहक अनि बगैँचामै पसेर आँफूले चाहेजति सुन्तला टिपेर खान पाइने भएकाले पनि यहाँ यो मौसममा अरुबेलाभन्दा बढी पर्यटकको भीड लाग्ने गरेको सुन्तलाबारी सामुदायिक होमस्टेका अध्यक्ष डिलबिक्रम गुरुङ बताउँछन् ।

“यो होमस्टेमा कात्तिकदेखि माघसम्म राम्रो वातावरण हुने भएकाले पाहुनाको आकर्षण बढी हुन्छ”, उनले भने, “यतिबेला सुन्तला बगैँचाभरि लटरम्म सुन्तला फलेर पहेँलै देखिँदा पाहुनाको मन आल्हादित हुन्छ, स्थानीयबासीले गर्ने स्वागतले त झनै आनन्द लाग्छ ।”

यहाँ देशका ठूला शहर तथा गाउँगाउँबाट पनि घुम्न तथा अध्ययन अवलोकनका लागि आउने गरेका छन् । यहाँ सञ्चालनमा रहेको होमस्टेकाबारेमा जानकारी लिनका लागि विभिन्न सङ्घ संस्था, अन्यत्रका होमस्टे सञ्चालक तथा विद्यालयबाट आउछन् ।

“यसरी अध्ययन तथा घुम्नकालागि आउने पाहुना यो मौसममा बढी आउनुहुन्छ”, उनले भने, “यो मौसममा झण्डै आधाजसो नै बढी आउनुहुन्छ, यहाँ विशेषगरी शुक्रबार र शनिबार बढी भीड हुने गर्छ ।”

पाहुनालाई साँझ स्वागत गर्ने, स्थानीय परिकार खान दिने, साँझ नाँचगान तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने, बिहान बिदाई गर्ने गरी प्याकेज बनाइएको उनलेबताए। प्याकेजअनुसार प्रतिपाहुनाले रु एकहजार भुक्तानी गर्नुपर्छ ।

सुन्तलै सुन्तलाले भरिएको बगैँचाभित्र रहेको गाउँ, लटरम्म फलेका पहेँला सुन्तला बगैँचाको मनमोहक वातावरण, छाँगाबरोहण, गुरुङ समुदायको सङ्ग्रहालय, देशका विभिन्न भागको दृश्यावलोकन गर्न सकिने बूढाकोट भ्यूटावर, मनकामना तथा कान्छी मनकामना मन्दिरसम्म पदयात्रा गर्न सकिने भएकाले पनि यहाँ पाहुनाको आकर्षण बढ्दै गएको दावी उनको छ ।

सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ त्रियासीदेखि करिव सात किलोमिटर दूरी पार गरेपछि यो ठाउँमा पुग्न सकिन्छ । वालिङ नगरपालिका–४ मा अवस्थित सुन्तलाबारी गाउँ गुरुङ समुदायको बस्ती रहेको गाउँ हो । यहाँ ३२ घरधुरी रहेतापनि १२ घरमामात्रै होमस्टे सञ्चालनमा छ । यहाँ ८० जनासम्म पाहुना राख्न सकिने क्षमता रहेको अध्यक्ष गुरुङ बताउँछन् ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ९ : ३१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना