३२ वटा एम्बुलेन्समा ‘अनलाईन जिपिएस ट्रयाकिङ’ सुरू « Khabarhub

३२ वटा एम्बुलेन्समा ‘अनलाईन जिपिएस ट्रयाकिङ’ सुरू


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा रहेका ३२ वटा एम्बुलेन्समा ‘अनलाईन जिपिएस ट्रयाकिङ’ सुरू गरिएको छ । आवश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल रहेको गुनासो आएको सन्दर्भमा बागमती प्रदेश सरकारसँगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले यो काम सुरू गरेको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अनुप अधिकारीले एम्बुलेन्स सेवालाई प्रभावकारी, गुणस्तरीय र भरपर्दो बनाउन एम्बुलेन्सको वास्तविक स्थान र अवस्था पहिचान गरी छिटो छरितो बनाउन डिभाइस राखी गरी धुलिखेलमा रहेको सेन्टरसँग जडान गरिएको बताए ।

स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीकाअनुसार हेल्पलाइन २४सै घण्टा उपलब्ध हुनेछ । आकस्मिक उपभोक्ताले सो हेल्पलाइनमा फोन गरी आफू रहेको स्थानको ठेगाना टिपाइसकेपछि हेल्पलाइनमा रहेका सहयोगी कर्मचारीबाट उक्त स्थानको सबैभन्दा नजिक र खाली रहेको एम्बुलेन्स एकिन गरी चालकको नम्बर सेवाग्राहीलाई उपलब्ध गराइनेछ ।

उक्त एम्बुलेन्सले सो सोवाग्राहीलाई सेवा दिए नदिएको जानकारी तुरुन्त इप्रविधिमार्फत अनुगमन गरिने स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले बताए । उनका अनुसार सर्वसाधारणले १०२ मा फोन गरेर सिधै सेवाग्राहीले एम्बुलेन्स सेवा प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ९ : ५१ बजे

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय