३२ वटा एम्बुलेन्समा ‘अनलाईन जिपिएस ट्रयाकिङ’ सुरू « Khabarhub

३२ वटा एम्बुलेन्समा ‘अनलाईन जिपिएस ट्रयाकिङ’ सुरू


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा रहेका ३२ वटा एम्बुलेन्समा ‘अनलाईन जिपिएस ट्रयाकिङ’ सुरू गरिएको छ । आवश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल रहेको गुनासो आएको सन्दर्भमा बागमती प्रदेश सरकारसँगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले यो काम सुरू गरेको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अनुप अधिकारीले एम्बुलेन्स सेवालाई प्रभावकारी, गुणस्तरीय र भरपर्दो बनाउन एम्बुलेन्सको वास्तविक स्थान र अवस्था पहिचान गरी छिटो छरितो बनाउन डिभाइस राखी गरी धुलिखेलमा रहेको सेन्टरसँग जडान गरिएको बताए ।

स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीकाअनुसार हेल्पलाइन २४सै घण्टा उपलब्ध हुनेछ । आकस्मिक उपभोक्ताले सो हेल्पलाइनमा फोन गरी आफू रहेको स्थानको ठेगाना टिपाइसकेपछि हेल्पलाइनमा रहेका सहयोगी कर्मचारीबाट उक्त स्थानको सबैभन्दा नजिक र खाली रहेको एम्बुलेन्स एकिन गरी चालकको नम्बर सेवाग्राहीलाई उपलब्ध गराइनेछ ।

उक्त एम्बुलेन्सले सो सोवाग्राहीलाई सेवा दिए नदिएको जानकारी तुरुन्त इप्रविधिमार्फत अनुगमन गरिने स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले बताए । उनका अनुसार सर्वसाधारणले १०२ मा फोन गरेर सिधै सेवाग्राहीले एम्बुलेन्स सेवा प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ९ : ५१ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी