माधव नेपाल अस्पतालबाट डिस्चार्ज | Khabarhub Khabarhub

माधव नेपाल अस्पतालबाट डिस्चार्ज


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत नेता नेपालको स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज भएको उनका उपचारमा संलग्न डा सन्तकुमार दासले जानकारी दिए ।

उनका अनुसार नेता नेपालमा अहिले ज्वरो नरहेको, श्वासप्रश्वास गर्दा अक्सिजन लगाउन नपरेको र खाना राम्रैसँग खाइरहेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपाल निमोनिया भएपछि यही पुस ५ गते अस्पताल भर्ना भएका थिए ।

स्वास्थ्यमा सुधार देखिन थालेपछि नेता नेपाल हिजो पुस ७ गते नयाँ बानेश्वरस्थित संसद् भवनमा शपथग्रहण समारोहमा सहभागी हुनाका साथै हिजै बेलुका प्रधानमन्त्री निवास बालुवाटार सत्ता गठबन्धनको बैठकमा सहभागी भएका थिए ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  १० : ०३ बजे

एनसेल बिक्री प्रकरणको तत्काल छानबिन गर्न राप्रपाको माग

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दूरसञ्चार सेवा प्रदायक कम्पनी

वीरगन्जसँग बराबरीमा रोकियो ललितपुर

काठमाडौं – ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोक्दै वीरगन्ज युनाइटेड

भारत र पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा पुग्ने नेपालको लक्ष्य

काठमाडौं – नेपालको युवा क्रिकेट टोलीका कप्तान देव खनालले एसीसी

लगानी सम्मेलनको पूर्वतयारीबारे छलफल

काठमाडौं – तेस्रो लगानी सम्मेलन आयोजनाका लागि गठित कार्यान्वयन समितिको

जेठमा पुग्यो एकीकृत समाजवादीको महाधिवेशन

काठमाडौं – नेकपा एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठ ३ गतेबाट