हेलिकप्टरमार्फत घाइते महिलाको उद्धार « Khabarhub

हेलिकप्टरमार्फत घाइते महिलाको उद्धार


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं गोरखा क्षेत्र नं १ का सांसद राजेन्द्र बजगाइँको पहलमा एक घाइते महिलाको उद्धार गरिएको छ ।

उत्तर गोरखाको चुननुब्री गाउँपालिका विही गाउँमा ढुङ्गाले लागेर गम्भीर घाइते भएकी २१ वर्षीय छानी गुरुङलाई आज हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको हो ।

घाइते गुरुङको अहिले धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । घाइते गुरुङ धार्चे गाउँपालिका–२ की बासिन्दा हुन् । गुरुङको टाउकोमा ढुङ्गाले लागेको थियो ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नं १ बाट निर्वाचित सांसदले यसअघि पनि विपद्मा परेका गोरखाका उत्तरी क्षेत्रका बासिन्दालाई उद्धार गरी उपचारमा सहयोग गर्दै आएका छन् । उनले हिजो संसद्भवन नयाँ बानेश्वरमा शपथग्रहण गरेपछि आफ्नो तलबभत्ताबाट विपद्मा परेकालाई उद्धार गर्नका लागि खर्च गर्ने बताए ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  १० : ५३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया