आज २०७८ माघ १० गते सोमबारको राशिफल « Khabarhub

आज २०७८ माघ १० गते सोमबारको राशिफल


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७८ माघ १० गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष
कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मन भावुक र उत्ताउलो बन्नेछ, तर धर्म र आस्थामा मन जानेछ समय छ ।

वृष

लाभ, हानी, सुख, दुख बराबरी खालको समय छ । सानातिना बाधा आइलागे पनि समस्या समाधान हुनेछ । रोकिएका कामले पनि गति लिनेछ।

मिथुन

जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । मिलनसार साथीले नै धोका दिन सक्छन् ।

कर्कट

आज शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।

सिंह

शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश, जाँगर र उमङ्ग बढ्नेछ ।

कन्या

आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । कुनै कारणवश रोकिएका अधुरा कामले पनि गति लिनेछ ।

तुला

जोश जाँगर र हिम्मत बढ्नेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आकस्मिक उपहार प्राप्त हुनसक्छ ।

वृश्चिक

मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ ।

धनु

बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

मकर

आज धर्म, कर्ममा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । सवारी साधन प्राप्तिको योग पनि छ ।

कुम्भ

आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । पुनर्मिलनको योग रहेको छ । कतै घुम्न जाने आकस्मिक योजना बन्न सक्छ ।

मीन

आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ५ : ०० बजे

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं– नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘भारतीय राजदूत क्रिकेट

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

सिड्नी- अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि

नेपाली श्रमिकको भिसा प्रभावित नपार्न साउदीसँग श्रममन्त्रीको अनुरोध

काठमाडौं-  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका

सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह

काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा सिमेन्टका

कार्यशैली कमजोर भए पनि जनतामाझ राप्रपाको एजेन्डा स्थापित छ : अध्यक्ष लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको कार्यशैली र