स्पेनिस ला लिगा : रोमाञ्चक खेलमा रियल मड्रिड बराबरीमा रोकियो « Khabarhub

स्पेनिस ला लिगा : रोमाञ्चक खेलमा रियल मड्रिड बराबरीमा रोकियो


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । गएराति भएको स्पेनिस ला लिगामा रियल मड्रिड बराबरीमा रोकिएको छ । शीर्ष स्थानको मड्रिड इल्चेसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

इल्चेले लिएको दुई गोलको अग्रतालाई उल्टाएर रियलले बराबरी खेलेको हो । रोचक बनेको खेलको ३३ औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टी गोल गर्न सकेनन् । पेनाल्टी मिस भएपछि रियल सुरुवाती अग्रता बनाउन चुकेको थियो ।

उता इल्चेका लागि खेलको ४२ औँ मिनेटमा लुकास बोएले गोल गर्दै सुरुवाती अग्रता बनाए । दोस्रो हाफको ७६ औं मिनेटमा पेरे मिल्लाको गोलमा इल्चे २–० को अग्रता बनायो ।

खेल पुरै इल्चेको पोल्टामा परेको थियो । तर, खेलको अवधि आठ मिनेट मात्र बाँकी हुँदा रियलले पाएको पेनाल्टीको अवसरलाई लुका मोड्रिचले सदुपयोग गर्दै खेल २–१ मा फर्काए ।

त्यसपछि प्रेसरमा खेलेको रियलका लागि इन्जुरी समयमा इडर मिलिटाओले गोल गर्दै खेल बराबरीमा फर्काएका हुन् ।

आइतबार बराबरी खेलेसँगै रियलले ५० अंक बनाएको छ । २२ खेल खेलेको रियल शीर्ष स्थानमा यथावत छ । १५ औँ स्थानमा रहेको इल्चेले २३ अंक बनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ५ : ५५ बजे

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

कञ्चनपुर– जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन