खोटाङ फुटबल एकेडेमीलाई सहयोग « Khabarhub

खोटाङ फुटबल एकेडेमीलाई सहयोग


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – फुटबलको प्रशिक्षण सञ्चालन गर्दैआएको खोटाङ फुटबल एकेडेमी (केएफए)लाई इकिमा इन्टरप्राइजेज प्रालि दिक्तेलले साथ दिएको छ ।

दिक्तेलबजारमा केही समयअघि खुलेको होन्डाको आधिकारिक विक्रेता इकिमा इन्टरप्राइजेजले खोटाङ फुटबल एकेडेमीलाई एक वर्षका लागि प्रायोजक बनेर साथ दिएको हो ।

‘फुटबल सबैका लागि’भन्ने नारासहित २०७३ सालदेखि विभिन्न उमेर समुहका खेलाडीलाई सहभागी गराएर फुटबलको प्रशिक्षण सञ्चालन गर्दैआएको केएफएलाई इकिमा इन्टरप्राइजेजले ५० हजार बराबरको सहयोग गर्नेगरी आइतबार एक वर्षे सम्झौता गरिएको छ। स्वतःस्फुर्तरुपमा खेलाडी उत्पादन तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैआएको केएफएको प्रोत्साहनका लागि आधिकारिक प्रयायोजकका रुपमा साथ दिइएको इकिमा इन्टरप्राइजेज प्रालि दिक्तेलका प्रोपाईटर किरणजित राईले बताए ।

केएफए र इकिमा इन्टरप्राइजेज बीचको सम्झौताले जिल्लामा पहिलोपल्ट फुटबल क्लव र व्यापारिक संस्थाबीच सहकार्यका लागि प्रायोजन गर्ने/गराउने अभ्यासको थालनी भएको छ । केफएको फुटबल प्रशिक्षणले जिल्लाको खेल क्षेत्रको भविष्यमा सुनौलो योगदान पुग्ने भएकाले साथ दिइएको इकिमा इन्टरप्राइजेजले जनाएको छ । इकिमा इन्टरप्राइजेजको साथले फुटबल प्रशिक्षणलाई नियमित सञ्चालन गर्न र नयाँ खेलाडी उत्पादन गर्दै जिल्लाको फुटबललाई व्यवसायीक बनाउने प्रयासमा हौसला मिलेको खोटाङ फुटबल एकेडेमीका प्रशिक्षक रोशेस श्रेष्ठले बताए ।

‘आउ बढाउ हातहरु खेलाडी बनाउन, देशको निम्ति फेरी अर्को सपुत जन्माउन’ भन्ने नारा अवलम्वन गरेको केएफएले शनिबार बाहेक हप्ताको ६ दिन दिक्तेलको माटिकोरे खेलमैदानमा फुटबल प्रशिक्षण सञ्चालन गर्दैआएको छ ।

हाल केएफएमा विभिन्न उमेर समुहका १२० जना खेलाडी नियमित प्रशिक्षणमा छन् । सहभागी खेलाडीलाई श्रेष्ठले बिहान साँढे पाँचदेखि साँढे सात बजेसम्म प्रशिक्षण दिने गरेका छन् । सन् २००७ मा अष्ट्रेलिया पुगेका श्रेष्ठ सन् २०१३ मा घर फर्किएर स्वयंसेवी प्रशिक्षकको भूमीका निर्वाह गरिरहेका छन् । हालसम्म जिल्लाका ९०० किशोर किशोरीलाई प्रशिक्षण दिँदा पाँच सयको हाराहारीमा खेलाडी उत्पादन भइसकेको प्रशिक्षक श्रेष्ठले बताए ।

फुटबललाई व्यवसायीकरण गर्दै व्यवसायीक खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ २०७३ सालमा स्थापना गरिएको केएफएको पहलमा दिक्तेलको माटिकोरे खेलमैदानमा करिब सात हजार दर्शक अट्ने दिक्तेल रंगशाला निर्माणको काम अघि बढेको छ । रंगशालाका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले २७ मंसिरमा ४ करोड ८० लाखको टेण्डर आव्हान गरिसकेको छ । केएफएले एन्फासँगको साझेदारीमा ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गर्ने जिम्मा लिएको जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ७ : १९ बजे

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर