कर्मचारीमा कोरोना देखिएपछि प्रशासनको सेवा बन्द « Khabarhub

कर्मचारीमा कोरोना देखिएपछि प्रशासनको सेवा बन्द


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– जिल्ला प्रशासन कार्यालय स्याङ्जामा कार्यरत् कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भएसँगै त्यहाँबाट प्रवाह हुँदै आएका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले एक विज्ञप्ति जारी गर्दै आज (सोमबार) देखि अर्को सूचना नभएसम्मका लागि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको जानकारी गराएका हुन् ।

कार्यालयका विभिन्न फाँटमा कार्यरत् कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको, केही कर्मचारीको रिपोर्ट आउन बाँकी रहेको र अन्य केही कर्मचारीमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षालगायत अत्यावश्यक बाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, संघसंस्था दर्ता तथा नवीकरण, हातहतियार नवीकरणजस्ता सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको सहायक प्रजिअ शर्माले बताए ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ५ : १७ बजे

नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग

काठमाडौं- नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरूमा बीमा सेवामा सहजीकरण

मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला

मुस्ताङ– मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न  खुल्ला गरिएको छ

बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग

लमजुङ- वर्षायामसँगै घटेको अन्नपूर्ण पदमार्गको पर्यटक आगमन पछिल्लो दुई सातायता