बढ्यो संक्रमण, छैन सावधानी « Khabarhub

बढ्यो संक्रमण, छैन सावधानी


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

दाङ– कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट बच्न मास्क लगाउने र भौतिक दूरी कामय राख्ने विषयलाई अनिवार्य गरे पनि नागरिक स्तरबाट भने बेवास्ता भइरहेको बताएका छन् ।

विशेषगरी भिडभाड अत्यधिक भएका बजार क्षेत्रमा नागरिकहरूको मास्क लगाउने गरेका छैनन् । जान्ने बुझ्नेहरूबाटै स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा अटेरी गर्दा कोरोना संक्रमण नियन्त्रणमा चुनौति थपिने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

यसैक्रममा कोरोना जोखिम न्यूनीकरणका लागि दाङमा प्रहरीले सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । बढ्दो कोरोना जोखिमका बेला पनि मास्क नलगाउने र भिडभाड गर्नेहरूलाई प्रहरीले सम्झाउने गरेको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

जिल्लाभरी नै बजार क्षेत्रमा प्रहरीहरू परिचाल भई कोरोना जोखिमका बारेमा जानकारी गराउने, अनिवार्य मास्क लगाउने र भिडभाड नगर्ने कुरामा सचेत पार्दै आएको उनको भनाइ छ ।

प्रहरी टोलीले घोराहीका विभिन्न क्षेत्रहरू तुलसीपुर चोक, शहीदगेट लगायतका स्थानहरूमा तपाईंको मास्क खोई भन्ने अभियानलाई निरन्तरता दिएको छ । मास्क नलगाएर हिडेका दर्जनौं नागरिकहरूलाई कोरोना जोखिमको बारेमा बुझाउँदै अटेरी नगर्न र स्वास्थ्यको विशेष ख्याल गर्न सुझाव दिईने गरिएको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  १० : ५५ बजे

एमाले संसदीय दल- जिम्मेवारी पाएँ खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ

सडक सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन

कर्णाली– कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय