देउवा एकलौटी रुपमा अघि बढ्न खोजे- शेखर कोइराला समूह « Khabarhub

देउवा एकलौटी रुपमा अघि बढ्न खोजे- शेखर कोइराला समूह


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै शेखर कोइराला पक्षले असन्तुष्टि पोखेको छ ।

उक्त पक्षको आज बसेको भर्चुअल बैठकमा सभापति देउवाले स्थानीय तहको निर्वाचनको मितिका विषयमा पार्टी भित्र छलफल नगरि मनोमानी रुपमा अघि बढ्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरिएको हो ।

भर्चुअल बैठकमा राष्ट्रिय राजनीतिमा कांग्रसलाई समेत असर गर्ने स्थानीय तहको निर्वाचनका बारेमा गठबन्धनमा निर्णयमा पुग्नुअघि सभापति देउवाले पार्टीमा छलफल नगरेको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘निर्वाचन जस्तो विषयमा सभापतिले पार्टीमा छलफल नै नगरि गठबन्धनका नेताहरुसँग छलफल गरेर निर्णयमा पुग्ने काम भएको छ, ‘ भर्चुअल बैठकमा सहभागी एक नेताले भने, ‘यसले गर्दा स्थानीय तह निर्वाचनबारे पार्टीको आधिकारिक लाइन के हो भन्ने समस्या परेको छ ।’

कोइराला पक्षको बैठकमा तीनै तहको निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिनु पर्नेबारे छलफल भएको थियो ।

गठबन्धनको आवश्यकता यसअघि प्रतिगमन विरुद्धमा रहेपनि नयाँ जनादेशमा जानका लागि नभएकोबारे छलफल भएको नेताहरुले बताएका छन् ।

सभापति देउवाले पार्टी भित्रको ४० प्रतिशत मतको वेवास्ता गरेको भन्दै आलोचना भएको थियो ।

बैठकमा शेखर कोइरालासहित महामन्त्री गगन थापा, नेताहरु डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, डा. रामशरण महतलगायतका नेताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ७ : ०३ बजे

बजेट अभावमा विद्यालय भवन अधुरो, टिनले बारिएको कोठामा पढ्दै विद्यार्थी

पर्वत– दक्षिण यहाँको बिहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण

भीरबाट लडेर एक बालिकाको मृत्यु

बागमती– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जंगलमा भीरबाट लडेर एक बालिकाको

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको