देउवा एकलौटी रुपमा अघि बढ्न खोजे- शेखर कोइराला समूह | Khabarhub Khabarhub

देउवा एकलौटी रुपमा अघि बढ्न खोजे- शेखर कोइराला समूह


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै शेखर कोइराला पक्षले असन्तुष्टि पोखेको छ ।

उक्त पक्षको आज बसेको भर्चुअल बैठकमा सभापति देउवाले स्थानीय तहको निर्वाचनको मितिका विषयमा पार्टी भित्र छलफल नगरि मनोमानी रुपमा अघि बढ्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरिएको हो ।

भर्चुअल बैठकमा राष्ट्रिय राजनीतिमा कांग्रसलाई समेत असर गर्ने स्थानीय तहको निर्वाचनका बारेमा गठबन्धनमा निर्णयमा पुग्नुअघि सभापति देउवाले पार्टीमा छलफल नगरेको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘निर्वाचन जस्तो विषयमा सभापतिले पार्टीमा छलफल नै नगरि गठबन्धनका नेताहरुसँग छलफल गरेर निर्णयमा पुग्ने काम भएको छ, ‘ भर्चुअल बैठकमा सहभागी एक नेताले भने, ‘यसले गर्दा स्थानीय तह निर्वाचनबारे पार्टीको आधिकारिक लाइन के हो भन्ने समस्या परेको छ ।’

कोइराला पक्षको बैठकमा तीनै तहको निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिनु पर्नेबारे छलफल भएको थियो ।

गठबन्धनको आवश्यकता यसअघि प्रतिगमन विरुद्धमा रहेपनि नयाँ जनादेशमा जानका लागि नभएकोबारे छलफल भएको नेताहरुले बताएका छन् ।

सभापति देउवाले पार्टी भित्रको ४० प्रतिशत मतको वेवास्ता गरेको भन्दै आलोचना भएको थियो ।

बैठकमा शेखर कोइरालासहित महामन्त्री गगन थापा, नेताहरु डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, डा. रामशरण महतलगायतका नेताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ७ : ०३ बजे

श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरीको नियन्त्रणमा

कर्णाली– सुर्खेतको वीरेन्द्रनगरमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढीका नगरप्रमुख भट्टराईले माइतीघरमा थाले सत्याग्रह

काठमाडौं– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई कपाल

‘कुलिङ अफ पिरियड’को संशोधन प्रस्तावमा भ्रम सिर्जना गरियो : सांसद अञ्जान शाक्य  

काठमाडौं– राष्ट्रियसभाकी सांसद डाक्टर अञ्जान शाक्यले  राष्ट्रियसभा विधेयकमा आफूले हालेको

‘कुलिङ अफ पिरियड’मा प्रचण्डलाई छानबिनको दायरामा ल्याउनु पर्छ : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ‘कुलिङ

रौतहटमा खानेपानी आयोजना : दश वर्षमा आधा काम, जुडिबेलावासी समस्यामा

राैतहट- निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर नगरपालिका–२ स्थित