चितवनमा संक्रमितको संख्या उच्च, असर सामान्य « Khabarhub

चितवनमा संक्रमितको संख्या उच्च, असर सामान्य


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– कोभिड–१९ को तेस्रो लहर सुरुभएपछि चितवनमा संक्रमणदर ह्वात्तै बढेको छ । सोमबार सर्वाधिक संख्यामा संक्रमित थपिएका छन् । संक्रमणदर उच्च भए पनि मृत्युदर र निको हुने दर भने न्यून छ । गम्भिर प्रकृतिका बिरामी पनि संक्रमणदरका अनुपातमा बढेका छैनन् ।

स्वास्थ्य कार्यालय चितवनकाअनुसार पछिल्लो २४ घण्टामा ५८३ नयाँ संक्रमित थपिए । ८१ जना मात्रै संक्रमणमुक्त भए । मृत्यु भने कसैको भएको छैन । पछिल्लो दुई सातामा तीन हजार ५०१ संक्रमित थपिँदा २२९ संक्रमित मात्रै संक्रमणमुक्त भए । एक जना संक्रमितको मृत्यु भयो ।

जिल्लामा सोमबार तीन हजार ३९० सक्रिय संक्रमित छन् । तीमध्ये तीन हजार ३४९ संक्रमित होम आइसोलेसनमा छन् भने ४१ संक्रमित मात्रै अस्पताल आइसोलेसनमा छन् । तेस्रो लहर सुरुभएपछि जिल्लामा स्वास्थ्यकर्मी नै संक्रमित हुने क्रम बढेको छ ।

सोमबारसम्म ५३७ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी गिताञ्जली ढकालले बताइन् । तीमध्ये करिब २५० संक्रमित अझै पनि आइसोलेसनमा छन् । हालसम्म भरतपुर अस्पतालका ८३, क्यान्सर अस्पतालका १४४, चितवन मेडिकल कलेजका ११४ र पुरानो मेडिकल कलेजका ३४ स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।

‘संक्रमण देखिएको पाँच दिनसम्ममा संक्रमितमा कुनै लक्षण देखिएन भने काममा फिर्ता आउनुपर्ने भनिएको छ । त्यस हिसाबले आधा भन्दा बढी स्वास्थ्यकर्मी काममा आइसक्नुभएको छ’, उनले भनिन् ।

यसअघि संक्रमण देखिएको १४ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने मापदण्ड थियो । अहिले लक्षण देखिएका व्यक्ति बढीमा सात दिनसम्म आइसोलेसनमा बस्न सक्ने उनले बताइन् । लक्षण नदेखिएका स्वास्थ्यकर्मी काममा फिर्ता आइसकेकाले खोप अभियान प्रभावित नभएको उनी बताउँछिन् ।

अस्पतालमा ४७ जना मात्रै

तेस्रो लहरको कोरोनाले संक्रमितमा गम्भिर असर गरेको देखिँदैन । जुन हिसाबले संक्रमित थपिएका छन्, अस्पतालमा भर्ना हुने विरामीको संख्या भने न्युन छ । यहाँका अस्पतालमा चितवनलगायत विभिन्न जिल्लाका गरि ४७ जना संक्रमित मात्रै उपचाररत छन् ।

चितवनका ४१ र अन्य जिल्लाका छ जना संक्रमित अस्पतालमा रहेका छन् । अस्पतालमा उपचाररत ४७ जनामध्ये भरतपुर अस्पतालमा ३९ जना र चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा चार/चार जना संक्रमित छन् ।

११ संक्रमित आइसियूमा र ३६ संक्रमित एचडियूमा छन् । भेन्टिलेटरमा कुनै पनि संक्रमितले उपचार गराउनु परेको छैन । अधिकांश संक्रमितहरु होम आइसोलेसनमा छन् ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ९ : १५ बजे

ललितपुर महानगरको हिउँदे नगरसभा सम्पन्न : अपेक्षा अनुसार पुँजीगत खर्च भएन

ललितपुर– ललितपुर महानगरको आठौं नगरसभा (हिउँदे नगरसभा ) सम्पन्न भएको छ

ईयू–मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता

असुन्सिओन- युरोपेली सङ्घ (ईयू) र दक्षिण अमेरिकी राष्ट्रहरूको मर्कोसुर ब्लकले

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर

धरान- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नम्बर

सिजीले सार्वजनिक गर्‍यो आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’  योजना