चितवनमा संक्रमितको संख्या उच्च, असर सामान्य « Khabarhub

चितवनमा संक्रमितको संख्या उच्च, असर सामान्य


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– कोभिड–१९ को तेस्रो लहर सुरुभएपछि चितवनमा संक्रमणदर ह्वात्तै बढेको छ । सोमबार सर्वाधिक संख्यामा संक्रमित थपिएका छन् । संक्रमणदर उच्च भए पनि मृत्युदर र निको हुने दर भने न्यून छ । गम्भिर प्रकृतिका बिरामी पनि संक्रमणदरका अनुपातमा बढेका छैनन् ।

स्वास्थ्य कार्यालय चितवनकाअनुसार पछिल्लो २४ घण्टामा ५८३ नयाँ संक्रमित थपिए । ८१ जना मात्रै संक्रमणमुक्त भए । मृत्यु भने कसैको भएको छैन । पछिल्लो दुई सातामा तीन हजार ५०१ संक्रमित थपिँदा २२९ संक्रमित मात्रै संक्रमणमुक्त भए । एक जना संक्रमितको मृत्यु भयो ।

जिल्लामा सोमबार तीन हजार ३९० सक्रिय संक्रमित छन् । तीमध्ये तीन हजार ३४९ संक्रमित होम आइसोलेसनमा छन् भने ४१ संक्रमित मात्रै अस्पताल आइसोलेसनमा छन् । तेस्रो लहर सुरुभएपछि जिल्लामा स्वास्थ्यकर्मी नै संक्रमित हुने क्रम बढेको छ ।

सोमबारसम्म ५३७ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी गिताञ्जली ढकालले बताइन् । तीमध्ये करिब २५० संक्रमित अझै पनि आइसोलेसनमा छन् । हालसम्म भरतपुर अस्पतालका ८३, क्यान्सर अस्पतालका १४४, चितवन मेडिकल कलेजका ११४ र पुरानो मेडिकल कलेजका ३४ स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।

‘संक्रमण देखिएको पाँच दिनसम्ममा संक्रमितमा कुनै लक्षण देखिएन भने काममा फिर्ता आउनुपर्ने भनिएको छ । त्यस हिसाबले आधा भन्दा बढी स्वास्थ्यकर्मी काममा आइसक्नुभएको छ’, उनले भनिन् ।

यसअघि संक्रमण देखिएको १४ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने मापदण्ड थियो । अहिले लक्षण देखिएका व्यक्ति बढीमा सात दिनसम्म आइसोलेसनमा बस्न सक्ने उनले बताइन् । लक्षण नदेखिएका स्वास्थ्यकर्मी काममा फिर्ता आइसकेकाले खोप अभियान प्रभावित नभएको उनी बताउँछिन् ।

अस्पतालमा ४७ जना मात्रै

तेस्रो लहरको कोरोनाले संक्रमितमा गम्भिर असर गरेको देखिँदैन । जुन हिसाबले संक्रमित थपिएका छन्, अस्पतालमा भर्ना हुने विरामीको संख्या भने न्युन छ । यहाँका अस्पतालमा चितवनलगायत विभिन्न जिल्लाका गरि ४७ जना संक्रमित मात्रै उपचाररत छन् ।

चितवनका ४१ र अन्य जिल्लाका छ जना संक्रमित अस्पतालमा रहेका छन् । अस्पतालमा उपचाररत ४७ जनामध्ये भरतपुर अस्पतालमा ३९ जना र चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा चार/चार जना संक्रमित छन् ।

११ संक्रमित आइसियूमा र ३६ संक्रमित एचडियूमा छन् । भेन्टिलेटरमा कुनै पनि संक्रमितले उपचार गराउनु परेको छैन । अधिकांश संक्रमितहरु होम आइसोलेसनमा छन् ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ९ : १५ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर