कुन रोगका बिरामीले के को जुस पिउने ? « Khabarhub

कुन रोगका बिरामीले के को जुस पिउने ?


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसमा रोग लागेपछि त्यसलाई निको पार्न औषधी र सोही अनुसारको खानेकुरा खान आवश्यक हुन्छ । यस्तोमा बिरामी भएका बेला जुस पिउनु निकै लाभदायक मानिन्छ तर कुन रोग लाग्दा कुन जुस पिउने ? यसबारे थाहा हुन जरुरी छ ।

क) बिहान खाली पेटमा
भोक नलाग्ने मान्छेले बिहान खाली पेटमा कागती पानी खानुपर्छ । कागती पानी खानु अघि अदुवाको पेस्टमा बीरेनुन हालेर खानु उपयुक्त हुन्छ।

ख) रगत सफा गर्न
रगत सफा गर्न शरीरमा विद्यमान रगतलाई शुद्ध बनाउन कागती, गाजर, काउली, पालुंगो, स्याउ, तुलसी र बेलका पातहरूको रस पिउनु लाभदायक हुन्छ ।

ग) दमको समस्यामा
दमको समस्यामा लसुन, अदुवा, तुलसी, काउली, गाजरको सुप र मुँगको दाल अनि बाख्रीको दूध खाँदा फाइदा पुग्छ ।

घ) उच्च रक्तचाप
उच्च रक्तचापका रोगीहरूले गाजर, अंगुर र मौसमको जुस पिउनुपर्छ । साथै शारीरिक र मानसिक आराम पनि गर्नुपर्छ ।

ङ) लो ब्लड प्रेसर
लो ब्लड प्रेसर भएकाहरूले गुलिया फलको रस पिउनुपर्छ । साथै अमिलो फलको रस पिउनु हुँदैन । अंगुर र मौसमको रस पिउनु लाभदायक हुन्छ ।

च) जन्डिस र क्यान्सर
जन्डिस हुँदा रोगीले अंगुर, स्याउ र मौसमको रस पिउनुपर्छ । किसमिस डुबाएको पानीले पिउँदा पनि राम्रो गर्छ । क्यान्सर मुक्तिका लागि गाजर र अंगुरको रस पिउनु राम्रो हुन्छ ।

छ) अनुहारको दाग
अनुहारको दाग हटाउन गाजर, खरबुजा, प्याज, तुलसी र पालुंगोको रस पिउनु लाभदायी हुन्छ ।

-पञ्जाब केशरी

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ७ : ५२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै