एमसीसी सम्झौतामाथि आजदेखि संसद्‌मा छलफल « Khabarhub

एमसीसी सम्झौतामाथि आजदेखि संसद्‌मा छलफल


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कार्पोरेशन (एमसीसी)माथि आजदेखि प्रतिनिधिसभा बैठकमा छलफल हुँदैछ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा एमसीसीमा छलफल सुरु हुन लागेको हो। दिउँसो १ बजेदेखि सुरु हुने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथिको छलफललाई समावेश गरिसकेको छ।

बुधबार संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीमा छलफल हुने उल्लेख छ। सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल गरियोस् भनेर प्रस्ताव पेश गर्ने उल्लेख छ।

सम्भावित कार्यसूचीलाई बिहान ११ बजेपछि बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिनेछ।

प्रतिनिधिसभा बैठकमा पेश भएको एमसीसी सम्झौतामाथि प्रारम्भवमा सैद्धान्तिक बहस हुनेछ। विभागीय मन्त्रीले छलफलका लागि एमसीसी पेश गरेपछि बहसका लागि सांसद्हरुले नाम टिपाएर धारणा राख्नेछन्। प्रस्तावमाथि बोल्नेक्रम सकिएपछि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ विभागीय मन्त्रीले दिनेछन्।

विभागीय मन्त्रीले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएपछि एमसीसी प्रस्ताव निर्णायार्थ पेस हुनेछ। परियोजनाको पक्ष र विपक्षमा दलहरु विभाजित भएकाले दफावार छलफलपछि मात्र सम्झौता पारित हुने चरणमा अगाडि बढ्नेछ।

छलफलपछि निर्णायार्थ पेश भएको एमसीसी पारित हुनका लागि प्रतिनिधि सभामा उपस्थित सङ्ख्याको बहुमत पुग्नुपर्नेछ।

नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसीको पक्षमा रहने निर्णय गरिसकेका छन्। गठबन्धनमा सहभागी माओवादी केन्द्र र नेकपा एकीकृतले एमसीसीको विपक्षमा मत दिने निर्णय गरेका छन्। पार्टीले विपक्षमा मत दिने निर्णय गरे पनि सरकारका मन्त्री र सांसदलाई ह्वीप लगाइएको छैन।

प्रमुख प्रतिपक्षी एमालेले भने पार्टीले कारबाही गरेका आफ्ना १४ सांसदबारे निर्णय नहुँदासम्म संसदीय प्रक्रियामा भाग नलिने बताएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले भने एमाले अध्यक्ष केपी ओलीलाई पटकपटक भेटेर एमसीसी कार्यान्वयनमा साथ दिन अनुरोध गरेका छन्।

बिहीबार संसदमा एमसीसीमाथि छलफल सुरु हुने भएपछि सरकारले नयाँ बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको छ। बुधबार मात्र संघीय संसद भवनलाई काँडे तारले घेरिएको छ।

एमसीसीको विपक्षमा हुनसक्ने प्रदर्शन रोक्ने तयारीसहित सरकारले सुरक्षामा कडाई गरेको हो। माओवादी केन्द्र र एकीकृत समाजवादीका युवा संगठनले एमसीसीको विपक्षमा प्रदर्शन गर्दै आएका छन्।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ९ : ०९ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि