गठबन्धन अहिले टुटेको छैनः प्रवक्ता कार्की (भिडियोसहित) « Khabarhub

गठबन्धन अहिले टुटेको छैनः प्रवक्ता कार्की (भिडियोसहित)


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन नटुटेको बताएका छन् ।

बालुवाटारमा बिहीबार राति भएको नेपाली काँग्रेस र नेकपा एमालेबीचको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले अहिले नै गठबन्धन नटुटेको बताएका हुन् ।

उनले एमसीसीको प्रस्ताव गठबन्धन सरकारले ल्याएको पनि दाबी गरे ।

यो प्रस्ताव गठबन्धन नेतृत्वको सरकारले ल्याएकोले यसमा छलफल हुने उनको भनाइ छ ।

प्रवक्ता कार्कीले सरकारले ल्याएको प्रस्तावलाई यसरी मत विभाजन गर्न नहुने पनि तर्क गरे ।

भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल प्रारम्भ हुने र त्यसपछि यसमा गहन छलफल हुने पनि उनले बताए ।

यसअघि, बिहीबार नै नेपाली काँग्रेसका महामन्त्री गगन थापाले गठबन्धनको औचित्य सकिएको बताएका थिए ।

https://www.facebook.com/watch/?v=1128426377982722

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  १० : ०५ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका