एमालेले आज चुनावी घोषणापत्रका एजेण्डामाथि छलफल गर्ने « Khabarhub

एमालेले आज चुनावी घोषणापत्रका एजेण्डामाथि छलफल गर्ने


१० चैत्र २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको आज स्थानीय चुनावको घोषणापत्रमा समावेश गरिने विषयहरूमाथि छलफल गर्ने भएको छ ।

काठमाडौँमा जारी केन्द्रीय कमिटी बैठकमा निर्वाचनको घोषणापत्रकेन्द्रित छलफल हुने भएको हो ।

घोषणापत्रमा पार्टीले समावेश गर्ने एजेण्डाको विषयमा छलफल हुने कार्यसूची रहेको केन्द्रीय कमिटी सदस्य अइन्द्रसुन्दर नेम्बाङले जानकारी दिए । निर्वाचन रणनीतिसँगै उम्मेदवार चयनको मापदण्डबारे पनि छलफल हुने उनले बताए ।

त्यस्तै, अध्यक्ष केपीशर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि पनि केही समय छलफल हुने भएको छ । बैठकमा रिपोर्टिङ भने बुधबार नै सकिएको छ ।

एमालेले ९ वैशाखमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ । घोषणापत्र भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरले संयोजक रहेको नीति अनुसन्धान प्रतिष्ठान र स्थानीय तह परिचालन विभागले बनाउने छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ८ : ३६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको