नेपाली दर्शकलाई ‘बाहुबली’ निर्देशकको सन्देश  « Khabarhub

नेपाली दर्शकलाई ‘बाहुबली’ निर्देशकको सन्देश 


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ- नेपाली फिल्मका दर्शकलाई साउथ इन्डियन फिल्मको लत लगाउने निर्देशक हुन् एसएस राजामौली । नेपालमा थोरै साउथ इन्डियन फिल्महरु आउने समयमा उनी निर्देशित ‘बाहुबली’ ले दर्शकलाई हलसम्म तान्यो । ‘कट्टप्पा ने बाहुबलीको क्यु मारा ?’ यो प्रश्न दर्शकको मनमा थियो । साउथ इन्डियन फिल्ममा मात्र सिमित प्रभास यसै फिल्म मार्फत बलिउड हुँदै विश्वभर आफ्नो क्रेज बढाउदै थिए । त्यसपछि प्रतिक्षामा रहेको फिल्म ‘बाहुबली २’ ले विश्वभर झैँ नेपालमा पनि रेकर्ड ब्रेक कमाइ गर्‍यो।

त्यसपछि आएका फिल्महरु केजीएफ, साहो, पुष्पा लगायतका फिल्मले नेपालमा साउथको स्वाद बढायो । भिडियो फिल्म झैँ नेपालमा प्रदर्शन हुने साउथ इन्डियन फिल्महरु रिलिजकै दिन हल आउन थालेका छन् । पुष्पाको अनपेक्षित व्यापार पश्चात खिलाडी, वलीमै , राधेश्याम नेपाल आइसकेका छन् । चैत्र ११ मा ‘आरआरआर’ आउँदैछन् । नेपाली दर्शकलाई साउथ फिल्म तर्फ आकर्षित गरेका निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ भएकाले नेपालमा पनि उत्तिकै प्रतिक्षित छ ।

भारतीय फिल्मलाई विश्वभर चिनाउने मात्र नभई साउथ इन्डियन फिल्मलाई बलिउड भन्दा अगाडी बढाउने निर्देशक राजामौलीले कन्टेनसँगै स्टारकास्ट पनि बलियो राखेको फिल्म हो,’आरआरआर’ । फिल्ममा साउथका दुई स्टार छन्, जुनिएर एन्टीआर र राम चरण । एउटै अभिनेतालाई लिएर फिल्म बनाउन सकिएता पनि निर्देशकले यसमा दुई स्टारलाई लिएका छन् । यति मात्र नभई बलिउड अर्थात नर्थ इन्डियाका दर्शकलाई मध्यनजर गर्दै अजय देवगन थपिएका छन् । साथमा छिन् आलिया भट्ट ।

फिल्मी यात्रामा निरन्तर सफलताको यात्रामा अगाडी बढेका यी निर्देशकले नेपाली दर्शकलाई सम्बोधन समेत गरेक छन् । एक भिडियो मार्फत उनले नेपाली दर्शकलाई फिल्म रिलिज हुने बारे बताएका हुन् । ‘नमस्त्ते , सम्पूर्ण नेपाली दर्शकलाई । हाम्रो फिल्म आरआरआर यही मार्च २५ मा तपाईंको नजिकको फिल्म हलमा हेर्नसक्नु हुनेछ । धन्यवाद, मेरो तर्फबाट माया । राजामौलीले भिडियोमा भनेका छन् । नेपाल प्रदर्शन अधिकार लिएको वितरण कम्पनि ए एट फिल्मसले अहिलेसम्मकै महँगो रकममा ल्याइएको बताइएको छ । देशभर एक सय २१ बढी पर्दामा शो हुने फिल्मको अधिकाँस शोहरु फिलिङ फास्ट रहेका छन् । फिल्मको टिकेट बुकिङको सट्टा कट्नै पर्ने बाध्यता हुँदा पनि दर्शकहरु फिल्म प्रति आकर्षित छन् ।

निर्देशक राजामौलीले ‘बाहुबली’ सिरिजपछि निर्देशन गरेको मात्र नभई साउथका दुई स्टार जुनियर एन्टिआर र रामचरणको अभिनय रहेकाले पनि यो प्रतिक्षित छ । यसमा बलिउडका कलाकारहरू अजय देवगन र आलिया भट्ट पनि छिन् । यसैले गर्दा यो प्रतिक्षित फिल्म बिग बजेटको फिल्म बनेको छ । बाहुबलीपछि दर्शकमाझ आउन लागेका निर्देशक राजमौलीबाट धेरै अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  १२ : ५० बजे

गृह जिल्ला पुगेका ओलीले भने- नेतृत्व फेर्ने होइन, पार्टी जागरण गराउने हो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा पुगेर आफू

सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए

काठमाडौं– ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण गरी

गगनलाई इतरको सन्देश, ‘विशेष महाधिवेशन अवैधानिक, देउवाको नेतृत्वमा १५औँ महाधिवेशनमा जाँदैछौँ’

काठमाडौं- करिब साढे पाँच महिने विदेश बसाइपछि नेपाल फर्किएको भोलिपल्टै

वाणिज्य बैंकहरूको खुद नाफा ३२.२७ प्रतिशतले बढ्यो, एनआईसी सुधारोन्मुख, प्रभु घाटामा

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ०८२/८३ को असार

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष