चिनियाँ विदेशमन्त्री अफगानिस्तानमा « Khabarhub

चिनियाँ विदेशमन्त्री अफगानिस्तानमा


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ विदेशमन्त्री वाङ यी एकाएक अफगानिस्तान पुगेका छन् । इस्लामिक मुलुकहरुको समूह अर्गनाइजेशन अफ इस्लामिक कोअपरेसनको सम्मेलनमा भाग लिन पाकिस्तान गएका उनी पूर्वघोषणा बेगर नै एकाएक अफगानिस्तानको राजधानी काबुल पुगेका हुन् ।

दक्षिण एसियाली मुलुकहरुको भ्रमणमा निस्केका उनको पाकिस्तानपछि भारतको राजधानी नयाँ दिल्ली पुग्ने कार्यक्रम थियो । दिल्ली भ्रमण सकेर उनी नेपाल आउने बताइएको थियो ।

यद्यपि उनले पाकिस्तानमा रहँदा जम्मू कश्मीरका विषयमा विवादित बयान दिएको भन्दै भारतले आलोचना गरेपछि उनी एकाएक काबुल पुगेका हुन् । यस भ्रमणलाई गत वर्षको अगष्ट महिनामा इस्लामिक लडाकु तालिबानले सत्ता कब्जा गरेयता चिनियाँ पक्षबाट अफगानिस्तानमा भएको उच्चस्तरीय भ्रमण रहेको बताइएको छ ।

पाकिस्तानमा रहँदा उनले जम्मू कश्मीरबारे विवादित बयान दिएका थिए । इस्लामिक मुलुकहरुको सम्मेलनमा उनले कश्मीरको मामिलामा चीन इस्लामिक मुलुकहरुको साथ रहेको टिप्पणी गरेका थिए ।

उनको टिप्पणीप्रति भारतले कडा प्रतिक्रिया जनाएको थियो । जम्मू कश्मीरको विषय भारतको आन्तरिक मामिला भन्दै चीनलाई यसबारे टिप्पणी गर्ने अधिकार नरहेको जनाएको थियो ।

वाङ यीले भारतको पनि भ्रमण गर्ने जनाएपनि यसबारे चिनियाँ र भारतीय पक्षबाट कुनै आधिकारिक जानकारी सार्वजनिक भइसकेको छैन ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  १ : १६ बजे

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर