ऋण तिर्ने भाकाबारे पुनर्विचार गर्न श्रीलंकाको आग्रह चीनद्वारा अस्वीकार « Khabarhub

ऋण तिर्ने भाकाबारे पुनर्विचार गर्न श्रीलंकाको आग्रह चीनद्वारा अस्वीकार


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऋण तिर्ने भाकाबारे पुनर्विचार गर्न श्रीलंकाले गरेको आग्रह चीनले अस्वीकार गरेको छ । कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्रमा नकारात्मक असर परेका कारण ऋण तिर्ने भाकाबारे पुनर्विचार गर्न श्रीलंकाले चीनलाई आग्रह गरेको थियो ।

श्रीलंकाली राष्ट्रपति गोताबाया राजापाक्षेले चीनका विदेशमन्त्री वाङ् यीलाई यसबारे आग्रह गरेको हङ्कङ पोष्टले जनाएको छ । यद्यपि चिनियाँ विदेश मन्त्रालयलका प्रवक्ता झाओ लिजियानले पत्रकार सम्मेलनका क्रममा चीनले श्रीलंकाको सामाजिक–आर्थिक विकासमा सहयोग गरेको र यसलाई निरन्तरता दिने बताउँदै कूटनीतिक जवाफ दिएर पन्छेको हङ्कङ पोष्टले उल्लेख गरेको छ ।

श्रीलंकाको अर्थतन्त्र चीनको बेल्ट एण्ड रोड परियोजनाका कारण संकटमा परेको र यसबाट उच्च मुद्रास्फीति, खाद्यान्नमा मूल्यवृद्धि जस्ता समस्या उत्पन्न भएका विषयमा चीनले गोहीको आँशु मात्र झारेको उक्त अखबारले टिप्पणी गरेको छ ।

श्रीलंकाले चीनको ८ अर्ब अमेरिकी डलर ऋण चुक्ता गर्न बाँकी रहेको जनाइएको छ । यद्यपि विदेशी मुद्राको अभावका कारण श्रीलंकाले उक्त ऋण तिर्ने भाकाबारे पुनर्विचार गर्न आग्रह गरेको थियो ।

 हाल श्रीलंका सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । त्यहाँ केही दिनअघिमात्रै छपाई कागज आयात गर्न विदेशी मुद्राको अभाव भएपछि ३० लाख विद्यार्थीको परीक्षा स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ३ : ४० बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल