लमजुङमा २२ मतदान केन्द्र अतिसंवेदनशील « Khabarhub

लमजुङमा २२ मतदान केन्द्र अतिसंवेदनशील


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – स्थानीय तहको निर्वाचनमा लमजुङका २२ मतदान केन्द्र अतिसंवेदनशील केन्द्रको सूचीमा परेका छन् । १८२ मतदान केन्द्र रहेको लमजुङमा २२ वटा मतदान केन्द्र अतिसंवेदनशील, ८० संवेदनशील र २१ सामान्य मतदान केन्द्र छन् ।

जिल्ला सुरक्षा समितिले लमजुङमा मतदान केन्द्रको वर्गीकरण गरी संवेदनशीलताको सूची तयार पारेको हो ।०७४ को स्थानीय तह निर्वाचनको अवस्था हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

भौगोलिक विकटता, मतदान केन्द्रको सुरक्षा चुनौती र यातायातको सहज पहुँचका आधारमा मतदान केन्द्रलाई अतिसंवेदनशील केन्द्रका रूपमा वर्गीकरण गरिएको हो । लमजुङमा मतदाताको सङख्या १ लाख ३१ हजार ४ सय ९४ रहेको छ । जिल्लामा यसअघि १ लाख २२ हजार ८ सय ६ जना मतदाता थिए ।

१ सय २३ मतदानस्थलमा १ सय ८२ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ७ : ४० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।