ब्रेकिङ स्टोरी

आईएस र तालिबानको निशानामा एउटा आदिवासी समुदाय

By मनोज घिमिरे

April 24, 2022

अफगानिस्तानमा भएका पछिल्ला चार भिन्न विस्फोटमा परी कम्तीमा दर्जनौँको ज्यान गएको छ । त्यसै हमलामा कैयन् घाइते पनि भएका छन् । मजार आइ सरिफमा रहेको सिया मुस्लिमको मस्जिदमा पहिलो आक्रमण भएको थियो । त्यहाँ ३१ जनाको ज्यान गएको छ भने ८७ जनाभन्दा बढी घाइते भएका विवरणहरू आइरहेका छन् ।

अफगानिस्तान सेनाले आफूले घटना गराउने इस्लामिक स्टेट (आईएस) समूहलाई पराजित गरेको दाबी गरेको छ । अफगान सरकारको यो दाबीका बाबजुद त्यहाँ अहिले यो अतिवादी समूह नै तालीवानी सरकारका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ ।

मस्जिदमा धेरैजना प्रार्थना गरिरहेको समयमा विस्फोट भएको सुन्नी मुस्लिमको सङ्गठन आईएसका जिहादीहरुले जनाएका छन् ।

आफ्ना पूर्वनेता तथा प्रवक्ताको मृत्युका कारण आक्रोशित यस समूहले संसार भरी नै यसै खालको आतङ्क मच्चाउन सक्ने पनि जनाइएको छ ।

अफगान यताको प्रान्तीय सामुदायिक स्वास्थ्य निकायमा काम गर्ने अहमद जिया जिन्दानीले त्यस स्थानमा जताततै रक्ताम्मे अवस्था भएको जनाएका छन् । उनले आफन्तहरू अस्पतालमा रहे पनि धेरै जना भेट्न जान मानिसहरू डराएको कुरा उल्लेख गरेका छन् ।

आईएसले बिहीबार नै कुन्दाजको प्रहरी चौकीअगाडि एक सवारी सधानमा आक्रमण गर्दा चार जनाको ज्यान जानुका साथै १८ जना घाइते भएका थिए ।

अफगानिस्तानको मानव अधिकारका लागि लागि संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि रिचार्ड बर्नेटले आक्रमणको निन्दा गरेका छन् ।

पूर्वी नान्गहार प्रान्तमा सडक नजिकैको एउटा खानीमा भएको विस्फोटमा चार जनाको ज्यान गएको थियो भने अर्का एक जना घाइते भए । काबुलको नीयाज बैङ्क क्षेत्रमा भएको अर्को विस्फोटमा परी दुई बच्चा घाइते भएका थिए ।

राजधानी काबुलमै सबैभन्दा धेरै सिया मुस्लिम रहेको क्षेत्रकै अब्दुल रहिमसहित स्कूलमा ६ जनाको ज्यान गयो भने २० जनाभन्दा बढी घाइते भए ।

हजारा अल्पसङ्ख्यक समूहले प्रयोग गर्ने सबैभन्दा ठूलो मस्जिद मजार इ सरीफ सेह दोकानमा छ । अफगानिस्तानमा हजारा समूहलाई आईएस लगायत थुप्रै सुन्नी समूहले निशाना बनाउँदै आएका छन् ।

सामाजिक सञ्जालमा देखिएको तस्वीर अनुसार सबैजना प्रार्थना गर्न तयार भएको समयमा विस्फोट भएको थियो । त्यहाँ फुटेका सिसाहरू अझै देख्न सकिन्छ । त्यहाँ विस्फोट हुँदा थर्किएर छेउमा रहेको पसलको सिसा फुटेको थियो । स्थानीय प्रत्यक्षदर्शीकै अनुसार त्यहाँ ठूलो भागदौड नै मच्चिएको थियो । धेरै जना अत्तालिएका थिए ।

अफगानिस्तानको मानव अधिकारका लागि लागि संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि रिचार्ड बर्नेटले आक्रमणको निन्दा गरेका छन् ।

उनले ट्विट गर्दै हजारा समुदाय बारम्बार निशानामा परेको तथा धार्मिक आस्थाका केन्द्र र स्कूले विद्यार्थीलाई नै लक्षित गर्दै भएको आक्रमणका छानबिन गर्नुपर्ने कुरामा आवाज उठाएका छन् ।

उनले बताए जस्तै अफगानिस्तानको राजधानी काबुलमै रहेको अब्दुल रहिम शहीद हाइ स्कूलमा यसभन्दा अगाडि नै आईएसले आक्रमण गरेको थियो । आईएसको आक्रमणमा परी कम्तीमा ६ जनाको ज्यान गएको थियो भने २० जनाभन्दा बढी घाइते भएका थिए ।

त्यसको नजिकै अर्को ट्युसन सेन्टरमा ग्रिनेड आक्रमण भएको थियो । त्यसो त यो घटनाको इस्लामिक स्टेटले पनि जिम्मेवारी लिएको थिएन । तथापि, विगतमा पनि त्यहाँ आईएसबाट आक्रमण हुने गरेकाले यसपटक पनि सोही किसिमको आक्रमण भएको अनुमान छ ।

स्कुलको गेटअगाडि रहेको एक डिभाइस विस्फोट भएको सञ्चार माध्यमले जनाएका छन् । प्रत्यक्षदर्शीकै अनुसार विद्यार्थीहरू बिहानको कक्षा सकेर बाहिर निस्किरहेको समयमा विस्फोट भएको थियो ।

घटनाको समाप्तिपछि लिइएको तस्वीरमा यत्रतत्र रगत जमेको देखिएको थियो ।

त्यस स्थानमा हजारा मुस्लिम समुदायको बाक्लो उपस्थिति छ । सोही स्थानमा आईएसको स्थानीय निकायले बारम्बार आक्रमण गर्ने गरेको छ । यो अल्पसङ्ख्यक आदिवासी समूहमाथि सुन्नीहरूले बारम्बार निशाना बनाएकोमा अन्तर्राष्ट्रिय निकायसमेत चकित छ ।

अहिले अफगानिस्तानमा १ दर्जनभन्दा बढी आदिवासी मुस्लिम समुदाय छन् । एकातिर तालिबान सत्ताको ज्यादती त अर्कोतर्फ आईएसको हमला ।

लगातार आक्रामक गतिविधि गरिरहेको आईएसको गतिविधि अफगानिस्तानमा तालिबानले सत्ता लिएपछि घटेको थियो । पछिल्ला दिनमा यो फेरि बढको छ । आईएसले सियाको विरुद्धमा अफगानिस्तानमा हिंसात्मक अभियान नै चालेको छ ।

गत मेमा डास्ट इ बाचीको छात्रा विद्यालयमा भएको आक्रमणमा ९० जना भन्दा बढी विद्यार्थी मारिएका थिए ।

अहिले हजारा समुदाय राज्य र आईएसको दोहोरो मारमा परेको छ । धेरै पहिलेदेखि हजारा समुदायमाथि ज्यादती गर्ने तालिबानकै शासनमा अहिले अफगानिस्तान चलेको छ । गत अक्टोबरको शुरुवातमै तालिबानले एकैपटक टिनएजर किशोरीसहित १३ जना हजारा समुदायका व्यक्तिको ज्यान लिएको थियो ।

एमनेस्टी इन्टरनेसनलकै अनुसार डायकुन्डी प्रान्तमा यो नरसंहार भएको थियो । अफगानिस्तानको तेस्रो ठूलो सङ्ख्यामा रहेको यो समुदायका प्राय:जसो धेरै सिया मुस्लिम छन् । अफगानिस्तान र पाकिस्तानमा नै हजारा समुदायले ठूलो भेदभाव र ज्यादती वर्षौँदेखि सहँदै आएको छ ।

सन् २०२१ को जुलाई महिनामा पनि हजारा समुदायका नौ जनाको तालिबानले ज्यान लिएको थियो । तालिबानले सत्ता आफ्नो कब्जामा लिइसकेपछि हजारा समुदायको बाक्लो उपस्थिति रहेको क्षेत्रमा गएर त्यहाँ सरकारी सेनामा आबद्ध हुनेलाई खोजी खोजी मार्ने नीति लिएको थियो ।

एमनेस्टीको रिपोर्टका अनुसार धेरै जनाले आत्मसमर्पण गर्ने जनाएर रोइकराइ गराए पनि तालिबान लडाकुले उनीहरूको हार गुहारलाई बेवास्ता गरेका थिए । दहानी क्लेव गाउँमा भएको यो घटना त मानव अधिकार हननको सूचकको रूपमा नै एमनेस्टीले लिएको थियो ।

अहिले अफगानिस्तानमा १ दर्जनभन्दा बढी आदिवासी मुस्लिम समुदाय छन् । एकातिर तालिबान सत्ताको ज्यादती त अर्कोतर्फ आईएसको हमला ।

यो दोहोरो मारमा त्यहाँका धेरै आदिवासी समूह परेका छन् । भारतबाट अफगानिस्तान पुगेको खोजा समुदाय सहितका १ दर्जनभन्दा बढी अल्पसङ्ख्यक आदिवासी समुदाय मध्येको हजारा समुदायले अफगानिस्तानमा १ दशकभन्दा अघि देखि भेदभाव रहेको जनाइन्छ ।

उनीहरूको संस्कृति नै फरक किसिमको भएका कारण हजारा समुदाय शक्तिशाली भएमा कुनै पनि समय आफूमाथि आक्रमण हुन सक्ने कुरामा तालिबान सचेत छ ।

उनीहरूको पुस्ताको इतिहास हेर्दा मङ्गोलसँग पनि सम्बन्धित छ । उनीहरूको वंशजको अध्ययन गर्दा मङ्गोलको अंश पाइएको छ । यिनीहरूको मुख्य बसोबासको केन्द्र हजारजत हो । अफगानिस्तानको कुल जनसङ्ख्याको १० देखि २० प्रतिशत हजारा रहेको अनुमान गरिएको छ ।

पाकिस्तानमा पनि हजारा समुदायको उपस्थिति छ । त्यसो त पश्चिमा देशहरू अमेरिका र बेलायतमा पनि हजारा मुस्लिमको उपस्थिति छ । गएको पाँच दशक अफगानिस्तान गृहयुद्धको चपेटामा परेपछि धेरै हजाराहरु अरू देशमा पुगेका हुन् ।

अफगानिस्तानमा लामो समयदेखि सिया र सुन्नीबीच झडप हुँदै आएको छ । यस क्रममा आक्रमणको निसानामा अफगानिस्तान मात्र होइन, पाकिस्तानका हजारा पनि परेका छन् । अझ आईएसले दक्षिण एसियामा सबैतिर सिया समुदायमाथि आक्रमण गर्ने नीति नै लिएको छ । उनीहरूको निशानामा पनि हजारा समुदायका व्यक्ति त्यत्तिकै परेका छन् ।

भेदभावकै कारण रोजगारीमा पनि हजारालाई कम प्राथमिकता दिइने गरिएको छ । यसै कारण उनीहरू गरीबीको मारमा पनि परेका छन् ।

हेरोइन बनाउन प्रयोग हुने अफिम नै अफगानिस्तानको मुख्य आम्दानीको स्रोत हो । अहिले अफिम उत्पादन क्षेत्रमा तालिबानले कब्जा जमाइसकेका छन् । ती बजारका आम्दानीको वितरणमा नै तालिबानको पकड रहेपछि हजाराहरु थप गरिबीमा परेका छन् ।

यसका बाबजुद हजारा समुदायबाट तालिबान र आईएसले नै आफू असुरक्षित महसुस पनि गरेको छ । उनीहरूको संस्कृति नै फरक किसिमको भएका कारण हजारा समुदाय शक्तिशाली भएमा कुनै पनि समय आफूमाथि आक्रमण हुन सक्ने कुरामा तालिबान सचेत छ । साथै त्यत्तिकै आक्रोशित पनि छ । अहिले हजारा समुदायको पकड भएको स्थानमा नै कुनै समय बुद्धको सालिक थियो ।

उनीहरूको संस्कृति शताब्दीऔँदेखि नै अन्य मुस्लिमभन्दा फरक भएको प्रमाण पनि त्यसलाई मानिएको छ । जुन कुरा तालिबान र आईएसका लागि स्वीकार्य होइन । यस्ता धेरै कारणले यो समुदाय अहिले तालिबान आईएस दुवै पक्षको निशानामा छ ।

(स्रोत : बीबीसी र द कन्जरभेसनडटकम)