नाइजेरियाको तेल प्रशोधन केन्द्रमा विष्फोट हुँदा सय जनाको मृत्यु | Khabarhub Khabarhub

नाइजेरियाको तेल प्रशोधन केन्द्रमा विष्फोट हुँदा सय जनाको मृत्यु


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नाइजेरियाको दक्षिण राज्यमा इमोमा रहेको एक तेल प्रशोधन केन्द्रमा भएको विस्फोटमा सय जना भन्दा धेरैको ज्यान गएको छ ।

नाइजेरियाका अधिकारीहरुका अनुसार सो तेल प्रशोधन केन्द्र विधिवत रुपमा दर्ता नै नभई अवैध रुपमा सञ्चालन भइरहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

इमो राज्यका प्रहरी प्रमुखले दिएको जानकारीअनुसार उक्त प्रशोधन केन्द्रमा विष्फोट हुँदा काममा खटिएका सय जना भन्दा धेरै कर्मचारीको ज्यान गएको छ ।

उक्त प्रशोधन केन्द्रमा काम गरिरहेका बखत अकस्मात् आगलागी भएको र लगत्तै विस्फोट भएको जनाइएको छ । विष्फोटमा परेर अरु केही व्यक्ति घाइते पनि भएका छन् । 

उक्त केन्द्र प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको बताइएको छ । अवैध रुपमा सञ्चालन गरिएको सो तेल प्रशोधन केन्द्रमा आवश्यक सुरक्षा मापदण्ड पनि नअपनाइएकाले यो दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १२ : ३२ बजे

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो