धनगढी मेयरमा स्वतन्त्र उम्मेदवार हमालले गरे मनोनयन दर्ता « Khabarhub

धनगढी मेयरमा स्वतन्त्र उम्मेदवार हमालले गरे मनोनयन दर्ता


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यवसायी गोपाल हमालले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी मनोनयन दर्ता गराउँदै हमालले धनगढीको विकासलाई नयाँ उचाइमा पुर्‍याउनु आफ्नो लक्ष्य रहेको बताए ।

उनले राजनीतिक दलहरूलाई विकासभन्दा पनि राज्यको स्रोत साधनको दुरुपयोग गर्दै बाँडिचुँडी खाने प्रवृत्ति रहेको भन्दै त्यसलाई निरुत्साहित गर्न पनि आफूले उम्मेदवारी दिएको बताए । आफूले जितेमा धनगढीलाई मोडेल सहरका रूपमा चिनाएर देखाउने उनको दाबी छ ।

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि व्यवसायी हमालले धनगढीको मेयरमा साझा पार्टीबाट उम्मेदवारी दिएका थिए । तर उनी नृपबहादुर वडसँग २७ सय मतअन्तरले पराजित बनेका थिए । हमालसँगै विभिन्न वडाबाट पनि वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १२ : ४७ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना