धनगढी मेयरमा स्वतन्त्र उम्मेदवार हमालले गरे मनोनयन दर्ता « Khabarhub

धनगढी मेयरमा स्वतन्त्र उम्मेदवार हमालले गरे मनोनयन दर्ता


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यवसायी गोपाल हमालले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी मनोनयन दर्ता गराउँदै हमालले धनगढीको विकासलाई नयाँ उचाइमा पुर्‍याउनु आफ्नो लक्ष्य रहेको बताए ।

उनले राजनीतिक दलहरूलाई विकासभन्दा पनि राज्यको स्रोत साधनको दुरुपयोग गर्दै बाँडिचुँडी खाने प्रवृत्ति रहेको भन्दै त्यसलाई निरुत्साहित गर्न पनि आफूले उम्मेदवारी दिएको बताए । आफूले जितेमा धनगढीलाई मोडेल सहरका रूपमा चिनाएर देखाउने उनको दाबी छ ।

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि व्यवसायी हमालले धनगढीको मेयरमा साझा पार्टीबाट उम्मेदवारी दिएका थिए । तर उनी नृपबहादुर वडसँग २७ सय मतअन्तरले पराजित बनेका थिए । हमालसँगै विभिन्न वडाबाट पनि वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १२ : ४७ बजे

चिकित्सक संघको निर्वाचन प्रतिनिधिसभा निर्वाचन पछि हुने

काठमाडौं– नेपाल चिकित्सक संघको निर्वाचन अब प्रतिनिधि सभा निर्वाचन पछि

हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर

अमेरिका– अमेरिकामा हिमपहिरोले त्रास मच्चाएको छ । शनिबारदेखि सुरु भएको आँधीले हजारौँ

विवादित व्यापारीले दिएको करोडौँको गाडीबारे जवाफ नदिएरै पन्छिए बालेन्द्र

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह विभिन्न मुद्दासमेत

आगामी बुधबार काठमाडौँ महोत्सव हुँदै

काठमाडौं– नेपाल उद्योग वाणिज्य सङ्घले यही माघ १४ देखि १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

‍काठमाडौं– निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ