लेबनानमा ६० जना बोकेको डुङ्गा डुब्यो « Khabarhub

लेबनानमा ६० जना बोकेको डुङ्गा डुब्यो


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लेबनानको उत्तरी सहर त्रिपोली नजिक समुद्रमा ६० जना बोकेको डुङ्गा डुबेको छ । सामाजिक सञ्जालमा पोष्ट गर्दै लेबनानको रेडक्रसले त्रिपोली शहरको तटपारी यात्रुवाहक डुङ्गा डुबेको जानकारी दिएको हो ।

हावाहुरीका साथै समुद्रमा आएको उच्च छालका कारण डुङ्गा डुबेको अनुमान गरिएको छ । उक्त डुङ्गामा लेबनान छाडेर विदेश जान चाहने आप्रवासी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तर यस दुर्घटनाको अनुसन्धान सुरु भएको र अहिले नै के कारणले यो डुंगा डुबेको हो भन्ने बारेमा पत्ता नलागिसकेको लेबनानको रेडक्रसका अधिकारीहरुले जनाएका छन् ।

उक्त रेडक्रसले सो क्षेत्रमा उद्धारका लागि सात ओटा एम्बुलेन्स पठाइएको जनाइएको छ । डुङ्गा दुर्घटनामा परी एक जनाको मृत्यु भएको अरु ४५ जनाको उद्धार गरिएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १ : ०६ बजे

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार