लेबनानमा ६० जना बोकेको डुङ्गा डुब्यो « Khabarhub

लेबनानमा ६० जना बोकेको डुङ्गा डुब्यो


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लेबनानको उत्तरी सहर त्रिपोली नजिक समुद्रमा ६० जना बोकेको डुङ्गा डुबेको छ । सामाजिक सञ्जालमा पोष्ट गर्दै लेबनानको रेडक्रसले त्रिपोली शहरको तटपारी यात्रुवाहक डुङ्गा डुबेको जानकारी दिएको हो ।

हावाहुरीका साथै समुद्रमा आएको उच्च छालका कारण डुङ्गा डुबेको अनुमान गरिएको छ । उक्त डुङ्गामा लेबनान छाडेर विदेश जान चाहने आप्रवासी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तर यस दुर्घटनाको अनुसन्धान सुरु भएको र अहिले नै के कारणले यो डुंगा डुबेको हो भन्ने बारेमा पत्ता नलागिसकेको लेबनानको रेडक्रसका अधिकारीहरुले जनाएका छन् ।

उक्त रेडक्रसले सो क्षेत्रमा उद्धारका लागि सात ओटा एम्बुलेन्स पठाइएको जनाइएको छ । डुङ्गा दुर्घटनामा परी एक जनाको मृत्यु भएको अरु ४५ जनाको उद्धार गरिएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १ : ०६ बजे

उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौँ – निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा

अर्नब चक्रवातको प्रभाव : धानबाली नकाट्न कृषि विभागको आग्रह

काठमाडौँ– कृषि विभागले ‘अर्नब’ चक्रवातका कारण मौसम प्रतिकूल बनेपछि किसानलाई

कर्णालीका उच्च भेगमा हिमपात, जनजीवन प्रभावित

कर्णाली– कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन

माइतीघरमा पत्रकारको मौन प्रदर्शन

काठमाडौँ– सञ्चारमाध्यममाथि राज्यबाट हस्तक्षेप भएको भन्दै पत्रकारहरूले शनिबार काठमाडौँको माइतीघरमा

जलमग्न त्रिवि मैदानबाट मोटर लगाएर पानी निकालिँदै

काठमाडौँ – निरन्तरको वर्षाका कारण त्रिवि क्रिकेट मैदान जलमग्न भएपछि