फ्रान्समा राष्ट्रपतीय निर्वाचन अन्तर्गत दोश्रो चरणको मतदान जारी « Khabarhub

फ्रान्समा राष्ट्रपतीय निर्वाचन अन्तर्गत दोश्रो चरणको मतदान जारी


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फ्रान्समा राष्ट्रपतीय निर्वाचन अन्तर्गत दोश्रो चरणको मतदान शुरु भएको छ । स्थानीय समयअनुसार बिहान ८ बजे शुरु भएको मतदान १२ घण्टासम्म चल्ने बीबीसीले जनाएको छ ।

फ्रान्समा मतदानका लागि ४ करोड ८७ लाख मतदाता योग्य रहेको फ्रान्सेली टेलिभिजन च्यानल फ्रान्स २४ ले जनाएको छ । दोश्रो चरणमा वर्तमान राष्ट्रपति इम्मानुएल म्याक्रों र दक्षिणपन्थी उम्मेद्‍वार मरीँ ले पेनबीच प्रतिस्पर्धा भइरहेको हो ।

यसअघि गत अप्रिल १० मा भएको पहिलो चरणको मतदानमा म्याक्रोंले २७ दशमलब ८ तथा ले पेनले २३ दशमलब १ प्रतिशत मत प्राप्त गरेका थिए ।

पहिलो चरणको मतदानमा कुनै पनि उम्मेद‍्वारले ५० प्रतिशत भन्दा धेरै मत प्राप्त गर्न नसके दोश्रो चरणको मतदान हुने प्रावधानअनुसार मतदान भइरहेको हो ।

सर्वेक्षणहरुले म्याक्रोंले चुनाव जित्ने नतिजा देखाएपनि ले पेनको पराजयलाई अस्वीकार गरिहाल्न नसकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उर्जा एवम् खाद्यान्न जस्ता अत्यावश्यक वस्तुको मूल्यवृद्धि, मुद्रास्फीति, युक्रेनमा जारी रुसी आक्रमण लगायतका मुद्दा यो चुनावका प्रमुख मुद्दा रहेको बताइएको छ ।

मतदान सकिएको केही समयपछि फ्रान्सेली टेलिभिजनले नतिजा सार्वजनिक गर्ने फ्रान्स २४ ले जनाएको छ । चुनावको नतिजा जस्तो आएपनि राष्ट्रपति म्याक्रोंले आइतबार अबेर पेरिसको आइफेल टावरबाट सम्बधोन गर्ने कार्यक्रम रहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १ : ३१ बजे

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

गण्डकी– पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ (सेप्टेम्बर २३) देखि

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

कोलम्बो- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा

मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति

भाद्र २३ र २४ गतेको घटनालाई एउटै आँखाले हेर्न मिल्दैन : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सहिद तथा