फ्रान्समा राष्ट्रपतीय निर्वाचन अन्तर्गत दोश्रो चरणको मतदान जारी | Khabarhub Khabarhub

फ्रान्समा राष्ट्रपतीय निर्वाचन अन्तर्गत दोश्रो चरणको मतदान जारी


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फ्रान्समा राष्ट्रपतीय निर्वाचन अन्तर्गत दोश्रो चरणको मतदान शुरु भएको छ । स्थानीय समयअनुसार बिहान ८ बजे शुरु भएको मतदान १२ घण्टासम्म चल्ने बीबीसीले जनाएको छ ।

फ्रान्समा मतदानका लागि ४ करोड ८७ लाख मतदाता योग्य रहेको फ्रान्सेली टेलिभिजन च्यानल फ्रान्स २४ ले जनाएको छ । दोश्रो चरणमा वर्तमान राष्ट्रपति इम्मानुएल म्याक्रों र दक्षिणपन्थी उम्मेद्‍वार मरीँ ले पेनबीच प्रतिस्पर्धा भइरहेको हो ।

यसअघि गत अप्रिल १० मा भएको पहिलो चरणको मतदानमा म्याक्रोंले २७ दशमलब ८ तथा ले पेनले २३ दशमलब १ प्रतिशत मत प्राप्त गरेका थिए ।

पहिलो चरणको मतदानमा कुनै पनि उम्मेद‍्वारले ५० प्रतिशत भन्दा धेरै मत प्राप्त गर्न नसके दोश्रो चरणको मतदान हुने प्रावधानअनुसार मतदान भइरहेको हो ।

सर्वेक्षणहरुले म्याक्रोंले चुनाव जित्ने नतिजा देखाएपनि ले पेनको पराजयलाई अस्वीकार गरिहाल्न नसकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उर्जा एवम् खाद्यान्न जस्ता अत्यावश्यक वस्तुको मूल्यवृद्धि, मुद्रास्फीति, युक्रेनमा जारी रुसी आक्रमण लगायतका मुद्दा यो चुनावका प्रमुख मुद्दा रहेको बताइएको छ ।

मतदान सकिएको केही समयपछि फ्रान्सेली टेलिभिजनले नतिजा सार्वजनिक गर्ने फ्रान्स २४ ले जनाएको छ । चुनावको नतिजा जस्तो आएपनि राष्ट्रपति म्याक्रोंले आइतबार अबेर पेरिसको आइफेल टावरबाट सम्बधोन गर्ने कार्यक्रम रहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १ : ३१ बजे

साउदी प्रो लिग : रोनाल्डो सम्मिलित अल नासरको सहज जित

काठमाडौँ– साउदी प्रो लिगमा अल नासरले सहज जित निकालेको छ

परराष्ट्रमन्त्री साउद आज कतारको दोहा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री नारायणप्रसाद साउद आज कतारको दोहा जाँदैछन् । डिसेम्बर

सेवा प्रवाह गर्न ९२ हजार जनशक्ति आवश्यक : स्वास्थ्यमन्त्री

काभ्रे– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकलाई सहजरूपमा सेवा प्रदान

एसीसी यु–१९ एसिया क्रिकेट : आज दुई खेल हुँदै

काठमाडौँ– एसीसी यु–१९ एसिया कप क्रिकेटमा आज दुई खेल हुँदैछन्

प्रथम महिला समाचार वाचक कृष्णा ताम्राकार

कृष्णा ताम्राकार भन्ने बित्तिकै धेरैको स्मरणमा रेडियो नेपालको साढे २