आलियासँग काम गर्ने विषयमा बोले राजमौली  « Khabarhub

आलियासँग काम गर्ने विषयमा बोले राजमौली 


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही साता अगाडि बलिउड एक्ट्रेस आलिया भट्ट निर्देशक एसएस राजमौलीसँग रिसाएको खबर मिडियामा आयो । 

फिल्म ‘आरआरआर’ रिलिज भएपछि आफ्नो रोल छोटो भएको भन्दै आलिया रिसाएको र उनले आफ्नो समाजिक सञ्जालबाट फिल्मसँग सम्बन्धित पोस्टहरु हटाएको खबर एकाएक मिडियामा आएको थियो  ।

उनको इन्स्टाग्रामबाट ’आरआरआर’ का थुप्रै पोस्टहरु हटेका पनि थिए । ती खबरको बारेमा आलियाले सामाजिक सञ्जाल मार्फत यो सब गलत रहेको बताएकी थिइन् । ’इन्स्टाको ग्रिडको आधारमा सम्बन्धको बारेमा धारणा बनाउनु गलत हुन्छ । म सँधै मेरो इन्स्टाबाट पुराना पोस्टहरु हटाउने गरेकी छु । म आरआरआरसँग जोडिन पाउँदा आफूलाई निकै भाग्यमानी ठान्छु । किनकी फिल्मलाई राजामौली सरले निर्देशन गर्नु भएको छ’ आलियामा इन्स्टामा स्टोरी शेयर गर्दै लेखेकी थिइन् ।

आलियाले सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा व्यक्त गरेपछि निर्देशक राजमौलीले पनि आउँदा दिनमा सहकार्य हुन् सक्ने संकेत गरेका छन् ।’आलिया राम्री कलाकार हुन् । उनले अभिनय गर्दा म पनि मोहित हुने गरेको छु । आउँदो दिनमा कथाको डिमाण्ड भएमा म उनलाई अफर गर्छु । राम्रो फिल्म बनाउनु छ भने बाहिर आएका हल्ला होइन कलाकारको कलाकारिता हेर्नु पर्छ’ निर्देशक रजमौलीले भने । 

उनले बलिउड हंगामासँगको कुराकानीमा आफूलाई आलियासँग काम गर्न कुनै संकोच नरहेको बताएका छन् । एन्टीआर र राम चरणसँग काम गर्दा रमाइलो अनुभव भएको निर्देशक राजमौलीले बताएका छन् । उनले एउटा प्रोजेक्टको लागि दुई कलाकारले दिएको समयको पनि चर्चा गरे ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ५ : ३२ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले