कियारासँग सिद्धार्थको ब्रेकअप « Khabarhub

कियारासँग सिद्धार्थको ब्रेकअप


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको ब्रेकअप भएको छ । 

भारतीय सञ्चार माध्यमका अनुसार यी दुईले पछिल्लो समय भेटघाट समेत बन्द गरिसकेका छन् ।’शेरशाह’ मा अभिनय गरेपछि आफ्नो प्रेम र सामिप्यतालाई झनै बढाएका सिद्धार्थ र कियाराले विवाह गर्ने चर्चा पनि चलेको थियो । यद्यपि यी दुईसँग नजिक रहेका एक सदस्यले ब्रेकको पुष्टि गरेका छन् । 

‘सिद्धार्थ र कियाराको बन्डिङ निकै राम्रो थियो । उनीहरु दुवैले चाँडै बिहे गर्ने सोच बनाएका थिए । तर, अहिले उनीहरुको बीचमा के भयो जसका कारण उनीहरुले अलग हुने निर्णय गरेका छन् । हामी आशा गर्दछौँ  कि उनीहरूबीचको दरारहरू समाधान होस् ‘ सिद्धार्थ र कियारासँग नजिक रहेका एक सदस्यले बलिउड लाइफसँग कुरा गर्दै भनेका छन् ।

यी दुईको वर्क लाइफको कुराकानी गर्ने हो भने सिद्धार्थ ‘मिशन मजनु’, ‘योधा’ र ‘थ्याङ्क गड’ जस्ता फिल्मसँगै ‘इन्डियन पुलिस फोर्स’ नामक वेब सिरिजमा व्यस्त छन् । साथै, कियारा अभिनीत फिल्म ‘भूल भुलैया २’ रिलिजको तयारीमा छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  २ : १६ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको