अमेरिकाका विदेशमन्त्री र रक्षामन्त्रीले युक्रेनको भ्रमण गर्ने « Khabarhub

अमेरिकाका विदेशमन्त्री र रक्षामन्त्रीले युक्रेनको भ्रमण गर्ने


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता पहिलो पटक अमेरिकी विदेश मन्त्री तथा रक्षा मन्त्रीले राजधानी किभको भ्रमण गर्ने भएका छन् ।

किभको भूमिगत रेल स्टेशनमा आयोजित पत्रकार सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन तथा रक्षामन्त्री लोइड अष्टिनले किभ भ्रमण गर्न लागेको जानकारी दिएका हुन् ।

यसबारे अमेरिकी प्रशासन ह्वाइट हाउसले कुनै टिप्पणी नगरिसकेको बीबीसीले जनाएको छ ।

जेलेन्स्कीका अनुसार रुसी आक्रमणको प्रतिकार गर्न युक्रेनलाई आवश्यक हतियारको आपूर्तिबारे अमेरिकी मन्त्रीहरुसँग युक्रेनी पक्षले छलफल गर्नेछ ।

पत्रकार सम्मेलनमा जेलेन्स्कीले अर्कोपटक अमेरिकी राष्ट्रपति जो बाइडेनले किभको भ्रमण गर्ने अपेक्षा गरेको बताए ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  २ : ३९ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति