कांग्रेस बकैयाले गठबन्धन नगर्ने « Khabarhub

कांग्रेस बकैयाले गठबन्धन नगर्ने


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– नेपाली कांग्रेस बकैया गाउँपालिकाले गठबन्धन नगर्ने निर्णय गरेको छ।

आइतबार जिल्ला पार्टी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गर्दै बकैया गाउँपालिकाको सबै वडामा मित्रवत् प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् ।

गठबन्धनले गर्दा कांग्रेसलाई अल्पकालीन फाइदा भए पनि दीर्घकालीन रुपमा कम्युनिष्ट विस्तारलाई मलजल गरि नेपालको लोकतान्त्रिक आन्दोलनलाई खुम्च्याउने अवस्था आउने विज्ञप्तिमा उल्लेख छ ।

गाउँपालिकाका कार्यसमितिको सबै पदाधिकारी र १२ वटै वडाका सभापतिहरूको हस्ताक्षरित विज्ञप्तिमा कुनै दलसँग गठबन्धन गर्ने वा नगर्ने भन्ने निर्णय स्थानीय समितिले गर्ने हुनाले मित्रवत् प्रतिस्पर्धामा जाने निर्णय गरिएको उल्लेख छ । 

कांग्रेस बकैया गाउँपालिकाका सभापति दिलबहादुर बोम्जन लामाले आम कार्यकर्ताको अनुरोधमा गठबन्धन नगर्ने निर्णय गरिएको बताए । 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  २ : ४४ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६