लुहान्स्कमा रुसी गोलाबारीमा परी ८ जनाको मृत्यु « Khabarhub

लुहान्स्कमा रुसी गोलाबारीमा परी ८ जनाको मृत्यु


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रमा रुसी गोलाबारीमा ८ जनाको मृत्यु भएको छ । लुहान्स्क क्षेत्रका गभर्नर शेरी हाइदाइले सामाजिक सञ्जाल टेलिग्राममा पोष्ट गर्दै रुसी आक्रमणमा ८ जना मारिएको जानकारी दिएका हुन् ।

टेलिग्राममा उनले गोलाबारीका क्रममा हिर्स्के र जोलोटे शहरमा ६ जनाको मृत्यु भएको बताए । त्यस्तै, पोपास्ना शहरमा अरु दुई महिलाको शव फेला परेको उनको भनाइ छ ।

उनले लुहान्स्क क्षेत्रको सेभेरोडोनेत्स्क शहरमा रहेको प्रहरी चौकी पनि ध्वस्त भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।

गत फेब्रुअरी २४ मा रुसले राजधानी किभ कब्जा गर्ने रणनीतिका साथ युक्रेनमाथि आक्रमण गरेपनि उक्त योजना असफल भएपछि रुसी सेनाले हाल पूर्वी युक्रेनमाथि आफ्नो आक्रमण केन्द्रित गरिरहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  २ : ४६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै