रुस र युक्रेन जानुअघि संयुक्त राष्ट्रसंघका महासचिवले टर्कीको भ्रमण गर्ने « Khabarhub

रुस र युक्रेन जानुअघि संयुक्त राष्ट्रसंघका महासचिवले टर्कीको भ्रमण गर्ने


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा जारी रुसी आक्रमण अन्त्यको पहलस्वरुप रुस र युक्रेनको भ्रमणमा जान लागेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले टर्कीको पनि भ्रमण गर्ने भएका छन् ।

उनले रुस र युक्रेन जानुअघि टर्कीको भ्रमण गर्ने संयुक्त राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनी सोमबार टर्कीको राजधानी अंकारा पुग्ने बीबीसीले जनाएको छ ।

त्यहाँ उनले राष्ट्रपति रेजेप तैयप एर्दोगानसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । त्यसपछि मंगलबार उनी रुस पुगी त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिन तथा विदेशमन्त्री सर्गेई लाभ्रोभसँग भेटवार्ता गर्नेछन् ।

त्यस्तै, बुधबार उनी युक्रेनको राजधानी किभ जाने बताइएको छ । त्यहाँ उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तथा विदेशमन्त्री दिमित्रो कुलेबासँग पनि भेटवार्ता गर्नेछन् ।

टर्कीले रुस र युक्रेनबीच मध्यस्थकर्ताको भूमिका निभाउँदै आएको छ । केही समयअघि दुई मुलुकका वार्ता टोलीले टर्कीको इस्तानबुल शहरमा शान्ति वार्ता गरेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  २ : ५३ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६