रुसी आक्रमणमा परी आमा र तीन महिने शिशुसहित ८ जनाको मृत्यु « Khabarhub

रुसी आक्रमणमा परी आमा र तीन महिने शिशुसहित ८ जनाको मृत्यु


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी फौजले दक्षिणी युक्रेनको ओदेसा शहरमा क्षेप्यास्त्र आक्रमण गर्दा कम्तीमा ८ जनाको मृत्यु भएको छ । ओदेसा शहरमा रहेको सैन्य पूर्वाधारलाई लक्षित गरी रुसी क्षेप्यास्त्र आक्रमण भएको बीबीसीले जनाएको छ ।

यद्यपि आक्रमणका क्रममा दुई आवासीय भवन पनि क्षतिग्रस्त भएको बताइएको छ । मारिनेमा तीन महिने शिशु र उनकी आमा समेत रहेको बीबीसीले जनाएको छ ।

मारिने आमाको नाम भलेरिया र उनकी शिशु छोरीको नाम किरा रहेको बीबीसी युक्रेनी सेवाकी पत्रकार मिरोस्लाभा पेस्ताले जानकारी दिएकी छिन् ।

यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओदेसामा भएको क्षेप्यास्त्र आक्रमणको निन्दा गरेको बीबीसीले जनाएको छ ।

‘यो एकदमै आतंक हो… उनीहरुलाई मतलब नै छैन ।’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ३ : १४ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु