रुसी आक्रमणमा परी आमा र तीन महिने शिशुसहित ८ जनाको मृत्यु « Khabarhub

रुसी आक्रमणमा परी आमा र तीन महिने शिशुसहित ८ जनाको मृत्यु


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी फौजले दक्षिणी युक्रेनको ओदेसा शहरमा क्षेप्यास्त्र आक्रमण गर्दा कम्तीमा ८ जनाको मृत्यु भएको छ । ओदेसा शहरमा रहेको सैन्य पूर्वाधारलाई लक्षित गरी रुसी क्षेप्यास्त्र आक्रमण भएको बीबीसीले जनाएको छ ।

यद्यपि आक्रमणका क्रममा दुई आवासीय भवन पनि क्षतिग्रस्त भएको बताइएको छ । मारिनेमा तीन महिने शिशु र उनकी आमा समेत रहेको बीबीसीले जनाएको छ ।

मारिने आमाको नाम भलेरिया र उनकी शिशु छोरीको नाम किरा रहेको बीबीसी युक्रेनी सेवाकी पत्रकार मिरोस्लाभा पेस्ताले जानकारी दिएकी छिन् ।

यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओदेसामा भएको क्षेप्यास्त्र आक्रमणको निन्दा गरेको बीबीसीले जनाएको छ ।

‘यो एकदमै आतंक हो… उनीहरुलाई मतलब नै छैन ।’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ३ : १४ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति