नेपालको स्वास्थ्यसम्बन्धी प्राथमिकताका क्षेत्रमा सघाउँछौँ : डब्ल्यूएचओ | Khabarhub Khabarhub

नेपालको स्वास्थ्यसम्बन्धी प्राथमिकताका क्षेत्रमा सघाउँछौँ : डब्ल्यूएचओ


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालको स्वास्थ्य आपतकालीन तयारीलाई सुदृढ बनाउन तथा स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

आइतबार काठमाडौंमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पत्रकार सम्मेलन गर्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले नेपाल भ्रमणका क्रममा स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सघाउने प्रतिबद्धता जनाएको जानकारी दिएका हुन् ।

त्यस्तै भ्रमणका क्रममा नेपालमा बाल तथा स्त्रीरोग ओन्कोलोजीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्र स्थापना, कीटजन्य रोगको तालिम तथा अनुसन्धान केन्द्रलाई डब्ल्यूएचओको दक्षिणपूर्वी एशियाली क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सहयोग गर्ने प्रतिवद्धता पनि प्राप्त भएको मन्त्री खतिवडाले जनाए ।

मन्त्री खतिवडाले अत्यावश्यक औषधि उत्पादन र शल्य चिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापनाका साथै नेपाली विज्ञहरूलाई अवसर एवं क्षमता विकासमा सहयोग गर्ने प्रतिबद्धता महानिर्देशकले व्यक्त गरेको पनि जानकारी दिए ।

डब्ल्यूएचओका प्रतिनिधिमण्डलसमक्ष नेपालले प्रस्तुत गरेको विषयलाई डब्ल्यूएचओले सकारात्मक रूपमा लिएकोसमेत मन्त्री खतिवडाले जानकारी दिएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ३ : २८ बजे

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच भेटवार्ता

एजेन्सी– चीनले ल्याटिन अमेरिकासँग सम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ ल्याटिन

रेसुङ्गा विमानस्थल : सातामा तीन पटक उडान हुने

तम्घास– यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक

महिला पत्रकारको अर्थपूर्ण सहभागितामा अवरोध : उपसभामुख राना

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सञ्चारमाध्यममा पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा

उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

काठमाडौं– महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकिल कार्यालय, पाटनको भवन

लुम्बिनीबाट ओलीले भने– सर्वनाशक हतियार निर्माण र थुप्रो लगाउने काम विश्वका लागि खतरनाक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मास डिस्ट्रक्सन (सर्वनाशक)का हतियारहरूको