राजनीति

इलाम र देउमाई नगरपालिकामा कांग्रेसले टुंग्यायो उम्मेदवार

By खबरहब

April 24, 2022

इलाम– इलामको चारमध्ये दुई नगरपालिका आफ्नो भागमा लिएको नेपाली कांग्रेसले नगर प्रमुखको उम्मेदवार टुंग्याएको छ ।

सत्तारुढ गठबन्धनबाट इलाम नगरपालिकाको प्रमुखमा केदार थापा र देउमाई नगरपालिका प्रमुखमा होम दुलालको नाम टुंगो लागेको छ । इलाम नगरपालिकाको उपप्रमुखमा कांग्रेसकै विष्णु दाहालको नाममा सहमति जुटेको छ ।

देउमाई नगरपालिकाको उपप्रमुख भने माओवादी केन्द्रले पाउने भएको छ । गठबन्धनमा सूर्योदय नगरपालिकाको प्रमुख  एकीकृत समाजवादीले पाउने छ । सूर्योदयको प्रमुखमा निवर्तमान प्रमुख रणबहादुर राई दोहोरिने छन् । सूर्योदयको उपप्रमुखमा कांग्रेसका दुर्गा बरालको नाममा टुंगो लागेको छ ।

इलामको माई नगरपालिका माओवादी केन्द्रको भागमा परेको छ । माओवादीले उम्मेदवार टुंगो लगाएको छैन । माईको उपप्रमुखमा कांग्रेसकै हेमकुमार लिम्बूले उम्मेदवार बन्ने भएका छन् । कांग्रेसले पाएको अन्य गाउँपालिकाको भने उम्मेद्वार टुंगो लागिसकेको छैन ।