सी डिभिजन लिगमा महावीर र प्लानिङले खेल बराबरीमा सकियो « Khabarhub

सी डिभिजन लिगमा महावीर र प्लानिङले खेल बराबरीमा सकियो


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा महावीर क्लब र प्लानिङ ब्वाइज युनाइटेड बीचको खेल बराबरीमा सकिएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार दिउँसो भएको खेलमा महावीर र प्लानिङ बीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

खेलको तेस्रो मिनेटमा रोमन तामाङको गोलले महावीरले अग्रता लिएको थियो । पहिलो हाफमा अर्को गोल हुन सकेन ।

दोस्रो हाफमा भने प्लानिङले खेलमा पुनरागमन गर्‍यो । खेलको ५५ औँ मिनेटमा दिपेश श्रेष्ठको गोलको मद्दतले प्लानिङले खेल १–१ मा बराबरीमा पुर्यायो । खेलको बाँकी समयमा कुनै गोल हुन नसकेपछि बराबरीमा सकिएको हो ।

आज हुने अन्तिम खेलमा खालीबारी युथ फुटबल क्लब र स्पोर्ट्स एकेडेमी साँगा दिउँसो ४ बजे भिड्नेछन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ३ : ३५ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा