सल्यानमा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु « Khabarhub

सल्यानमा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– सल्यानमा स्काभेटर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। 

बागचौर नगरपालिका–६ मा स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

बागचौर–६ मैढोले हुँदै जामुनेचौर जोड्ने सडक चौडा गर्ने क्रममा रा १ क ७१९ नम्बरको स्काभेटर दुर्घटना हुँदा दाङको बबई गाउँपालिका–४ हापुरे घर भएका चालक ३३ वर्षीय देवराज खत्री र सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का १८ वर्षीय चित्रबहादुर विकको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका चालक खत्रीको घटनास्थलमै र सहचालक विकको उपचारका क्रममा सल्यान अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका बागचौर–६ का धनबहादुर वलीको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ३ : ३८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको