बक्सर माइक टाइसनले विमानभित्र यात्रुलाई मुक्कैमुक्का हानेपछि… « Khabarhub

बक्सर माइक टाइसनले विमानभित्र यात्रुलाई मुक्कैमुक्का हानेपछि…


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व हेभिवेट बक्सर माइक टाइसनले विमानभित्र एक यात्रुलाई मुक्कै मुक्का हानेका छन् । आफूमाथि पानीको बोतल फालेपछि टाइसनले ती यात्रुलाई मुक्का प्रहार गरेको उनका प्रवक्ताले दाबी गरेका छन् ।

घटनाका दौरान विमानमा खिचिएको एउटा भिडियोमा टाइसनले एकजना अज्ञात व्यक्तिलाई बारम्बार मुक्का प्रहार गरेको देखिन्छ । त्यस्तै, आफ्नो सिटमा उनी टाउको झुकाएको पनि देखिन्छन् । 

टाइसनको ‘एक आक्रामक यात्रुसँग विवाद’ भएको र ती यात्रुले टाइसनलाई ‘दुर्व्यवहार’ गरेको उनको प्रवक्ताले जनाएका छन् । प्रहरी परिचालन गरी दुबै जनालाई केही समय नियन्त्रणमा लिइएको थियो ।

एकजनालाई क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्को शहरमा उपचार भइरहेको बीबीसीले जनाएको छ । 

घटनाबारे विस्तृत विवरण नदिइएको र प्रहरी अनुसन्धानलाई सहयोग नगरेको सान फ्रान्सिस्को प्रहरी विभागका प्रवक्ताले बताएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ४ : ०० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको