जेलेन्स्कीको भनाइ– ‘पुटिसँग भेट गर्न डराएको छैन’ « Khabarhub

जेलेन्स्कीको भनाइ– ‘पुटिसँग भेट गर्न डराएको छैन’


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भेटका लागि आफू तयार रहेको दोहोर्‍याएका छन् ।

राजधानी किभको भूमिगत रेल स्टेशनमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति जेलेन्स्कीले पुटिनसँग भेट गर्न आफू तयार रहेको बताएका हुन् ।

‘मेरो विचारमा जसले यो युद्ध शुरु गरेको हो, उसले यसको अन्त्य पनि गर्न सक्छ ।’ उनले भने ।

रुस र युक्रेनबीच शान्ति स्थापन हुने भए पुटिनसँग भेट गर्न आफू नडराउने उनले बताए । ‘शुरुदेखि नै मैले रुसी राष्ट्रपतिसँग कुरा गर्न चाहिरहेको छु ।’ उनलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

‘उनीसँग भेट गर्नु मेरो चाहना होइन, म उनीसँग भेट गर्न चाहन्छु ता कि यो द्वन्द्व कूटनीतिक माध्यमबाट समाधान होस् ।’ उनले भने, ‘हामीलाई साझेदारहरुप्रति भरोसा छ तर रुसप्रति कुनै भरोसा छैन ।’

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ४ : ३६ बजे

जिरीबाट दुई घण्टामै पुगिने ताँँबेडाँडा (तस्बिरहरू)

काठमाडौं– दोलखाको धार्मिक तथा पर्यटकीय स्थल जिरीबाट नजिकै रहेको रामेछाप

राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह

काठमाडौं– गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा

समाचार र सूचनालाई विश्वसनीय बनाउन आग्रह

काठमाडौं– मिथ्या सूचनाविरुद्ध आयोजित दुईदिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले

फेक रेस्क्यूमा पक्राउ परे ट्राभल एजेन्सीका ६ जना सञ्चालक

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) फेक रेस्क्यूमा संलग्न