जापानमा डुङ्गा बेपत्ता, १० जनाको मृत्यु भएको पुष्टि « Khabarhub

जापानमा डुङ्गा बेपत्ता, १० जनाको मृत्यु भएको पुष्टि


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तरी जापानमा हराइरहेको डुङ्गाका १० जनाको मृत्यु भएको पुष्टि भएको छ । जापानी उद्धारकर्ताहरुलाई उद्धृत गर्दै समाचार संस्था एपीले १० जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

होक्काइदो टापुस्थित शिरेतोको प्रायद्वीपको तटपारी डुङ्गा बेपत्ता भएको बीबीसीले जनाएको छ । मारिनेमध्ये सातजना पुरुष तथा तीनजना महिला रहेको जनाइएको छ ।

२६ जना बोकेको काजु १ नामक पर्यटकीय डुङ्गा शनिबार अपराह्न १ बजेबाट हराइरहेको जापानी अधिकारीले जनाएका छन् । उक्त डुङ्गामा २४ यात्रु र चालक दलका २ सदस्य रहेको बीबीसीले जनाएको छ । यात्रुमध्ये दुई जना बालबालिका रहेको बताइएको छ ।

उक्त डुङ्गा अस्थिर समुद्र र चट्टानी तटका कारण डुबेको हुनसक्ने अनुमान गरिएको छ । होक्काइदो टापुको शिरेतोको प्रायद्वीपमा ह्वेल माछा, सि लायन, खैरो भालु र अन्य आकर्षक स्थानको भ्रमण गर्नका लागि ठूलो संख्यामा पर्यटक आउने बताइन्छ ।

हराइरहेका बाँकी २६ जनाको खोजी कार्य जारी छ । यता जापानको यातायात मन्त्रालयले भने घटनाको अनुसन्धान थालिएको जनाएको छ ।

राब मौसमका बावजुद उक्त डुङ्गा सञ्चालकलाई कसरी डुङ्गा चलाउन दिइयो भन्नेबारे छानबिन भइरहेको यातायात मन्त्रालयलाई उद्धृत गर्दै एपीले जनाएको छ ।

गत वर्ष शिरेतोको प्लेजर क्रुज नामक डुङ्गा सञ्चालक कम्पनीले दुई वटा दुर्घटना व्यहोरेको एपीले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ५ : ४० बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका