सदर चिडियाखाना : जनावर तथा पन्छीको लागि १ वर्ष सम्म आहाराको प्रायोजन « Khabarhub

सदर चिडियाखाना : जनावर तथा पन्छीको लागि १ वर्ष सम्म आहाराको प्रायोजन


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– नेपाल टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखाना जाउलाखेलमा रहेको जनावर तथा पन्छीको लागि १ वर्ष सम्म आहाराको प्रायोजन गरेको छ ।  

No description available.

यस सम्बन्धी सम्झौता पत्रमा आइतबार नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत संगीता पहाडी र सदर चिडियाखाना जाउलाखेलको तर्फबाट निर्देशक रचना शाहले हस्ताक्षर गरेका छन् । सो अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारी र दुवै संस्थाका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । 

 सो अवसरमा प्रमुख अधिकृत पहाडीले नेपाल टेलिकम र सदर चिडियाखानाबीच आगामी दिनमा समेत आपसी हित अभिवृद्धि हुने गरी विभिन्न कार्यक्रम गर्न सकिने र यो सुरुवात भएको बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले धेरै पर्यटकहरूको उपस्थिति हुने सदर चिडियाखानामा नेपाल टेलिकमसँगको सम्झौताले दुवै पक्षलाई पुग्ने र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कम्पनीबाट प्राप्त यो सहयोगलाई राष्ट्रिय संरक्षण कोषले सदुपयोग गर्ने विश्वास दिलाए । 

  सम्झौता अनुसार नेपाल टेलिकमले चिडियाखानामा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छीहरूको लागी १ वर्ष सम्म आहारको व्यवस्थाका लागी रकम उपलब्ध गराउने छ । 

नेपाल टेलिकमले समय–समयमा विभिन्न वर्ग तथा क्षेत्रलाई लक्षित गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ६ : ४६ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग