एनएमबि बैंकद्वारा सर्लाहीको सरकारी विद्यालयका विद्यार्थीहरुलाई स्कुल झोला वितरण « Khabarhub

एनएमबि बैंकद्वारा सर्लाहीको सरकारी विद्यालयका विद्यार्थीहरुलाई स्कुल झोला वितरण


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनएमबि बैंकले सर्लाहीको सरकारी विद्यालयका विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरेको छ । 

 सामाजिक दायित्व अन्तरगत पुकु दिदी फाउण्डेशन र वाग्मती माध्यमिक विद्यालय, सिसौट सर्लाहीका प्रधानाध्यापक रामसिंहासन रायको उपस्थितिमा उक्त विद्यायलका विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरेको छ ।

वितरणको क्रममा बैंकको तर्फबाट मधेस प्रदेश प्रमुख कमल पोख्रेल सहित शाखा प्रबन्धकहरू विवेक झा, अर्जुन ठाकुर र कर्जा अधिकृत पवन मिश्रलगायतको उपस्थिति थियो ।

पुकु दिदी फाउण्डेशनबाट शोभा पौडेल लगायत सदस्यहरूको उपस्थिति थियो । बैंकले स्कुल ब्यागहरू, इन्भर्टर र ब्याट्री वितरण गरेको थियो । उक्त कार्यक्रममा प्रदेश प्रमुख पोख्रेलले यस सहकार्यले विद्यार्थीहरुमा पठन पाठनमा सहज हुने विश्वास व्यक्त गरेका थिए । 

 विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ६ : ५८ बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका