एनएमबि बैंकद्वारा सर्लाहीको सरकारी विद्यालयका विद्यार्थीहरुलाई स्कुल झोला वितरण « Khabarhub

एनएमबि बैंकद्वारा सर्लाहीको सरकारी विद्यालयका विद्यार्थीहरुलाई स्कुल झोला वितरण


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनएमबि बैंकले सर्लाहीको सरकारी विद्यालयका विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरेको छ । 

 सामाजिक दायित्व अन्तरगत पुकु दिदी फाउण्डेशन र वाग्मती माध्यमिक विद्यालय, सिसौट सर्लाहीका प्रधानाध्यापक रामसिंहासन रायको उपस्थितिमा उक्त विद्यायलका विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरेको छ ।

वितरणको क्रममा बैंकको तर्फबाट मधेस प्रदेश प्रमुख कमल पोख्रेल सहित शाखा प्रबन्धकहरू विवेक झा, अर्जुन ठाकुर र कर्जा अधिकृत पवन मिश्रलगायतको उपस्थिति थियो ।

पुकु दिदी फाउण्डेशनबाट शोभा पौडेल लगायत सदस्यहरूको उपस्थिति थियो । बैंकले स्कुल ब्यागहरू, इन्भर्टर र ब्याट्री वितरण गरेको थियो । उक्त कार्यक्रममा प्रदेश प्रमुख पोख्रेलले यस सहकार्यले विद्यार्थीहरुमा पठन पाठनमा सहज हुने विश्वास व्यक्त गरेका थिए । 

 विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ६ : ५८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना